मुख्य समाचार
निरजला–शुसिला स्मृति अक्षयकोषद्वारा छात्रा शिक्षामा निरन्तर सहयोग | विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न |

इमान्दार सहकार्य बिना जेन–जे आन्दोलनको सपना अधुरो रहन्छ

यूथ टुडे समाचारदाता 3409+ समाचार ( )
१४ पौष २०८२, सोमबार

लेखक : डा.दिपक कुमार चौधरी

नेपालको पछिल्लो राजनीतिक परिदृश्यमा बालेन शाह, कुलमान घिसिङ र रवि लामिछानेबीच भएको भनिएको ७ बुँदे सहमतिले धेरैलाई आशा जगाएको छ। यो सहमति कुनै दलगत लाभका लागि मात्र होइन, जेन–जे आन्दोलनले उठाएको वैकल्पिक राजनीति, सुशासन र सामाजिक न्यायको चाहनासँग जोडिएर हेरिनु आवश्यक छ। यही कारणले यो सम्झौताले अबको नेपाली राजनीतिमा गहिरो अर्थ बोकेको देखिन्छ।

जेन–जे आन्दोलन मूलतः निराश नागरिक चेतनाको अभिव्यक्ति हो। दशकौँदेखि दोहोरिँदै आएको सत्ता–केन्द्रित, स्वार्थमुखी र अपारदर्शी राजनीतिप्रति युवापुस्ताको असन्तोष यस आन्दोलनको मूल मर्म हो। त्यसैले कुनै पनि वैकल्पिक शक्तिको सहकार्य केवल सत्ता साझेदारीमा सीमित भयो भने जेन–जे आन्दोलनको आत्मामाथि नै अन्याय हुनेछ।

उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले बारम्बार भन्दै आउनु भएको “सही ठाउँमा सही नेतृत्व” भन्ने अवधारणा यही सन्दर्भमा अत्यन्त महत्वपूर्ण छ। नेतृत्व अनुहारले होइन, नियत र कार्यशैलीले सही हुनुपर्छ। इमान्दार, सक्षम र जवाफदेही नेतृत्व बिना सुशासन सम्भव हुँदैन, र सुशासन बिना समृद्धि तथा सामाजिक न्याय केवल नारा मात्र रहन्छ।

आज आम नेपाली नागरिकले जेन–जे आन्दोलनपछि वैकल्पिक राजनीतिक शक्तिहरू आपसमा टकराएर होइन, न्यूनतम साझा एजेन्डामा सहकार्य गरेर अघि बढून् भन्ने अपेक्षा गरेका छन्। यो अपेक्षा कुनै भावनात्मक चाहना मात्र होइन, राजनीतिक स्थायित्व र परिवर्तनको अपरिहार्य शर्त पनि हो। तर सहकार्य तब मात्र अर्थपूर्ण हुन्छ, जब त्यसमा स्वार्थ, अहंकार र अवसरवादले स्थान नपाओस्।

यस सन्दर्भमा सबै वैकल्पिक राजनीतिक शक्तिहरूले आत्मसमीक्षा गर्न आवश्यक छ। “म अघि कि देश अघि?” भन्ने प्रश्नको उत्तर देशतर्फ नझुकिएसम्म कुनै पनि सम्झौता दीर्घकालीन हुँदैन। इमान्दारी, निस्वार्थता र पारदर्शिता नै आजको राजनीतिको सबैभन्दा ठूलो आवश्यकता हो।

यदि बालेन, कुलमान र रवि जस्ता व्यक्तित्वहरूबीचको सहकार्य जेन–जे आन्दोलनको मर्म अनुसार अघि बढ्न सक्यो भने, यसले नेपाली राजनीतिमा नयाँ संस्कार बसाल्न सक्छ। तर यदि यो सहकार्य पनि पुरानै राजनीतिक रोगबाट ग्रसित भयो भने, यसले नागरिक निराशालाई अझ गहिरो बनाउने खतरा पनि उत्तिकै छ।

अन्ततः, जेन–जे आन्दोलन कुनै व्यक्तिको नामसँग होइन, एउटा मूल्य प्रणालीसँग जोडिएको आन्दोलन हो। त्यस मूल्यलाई जोगाउने जिम्मेवारी वैकल्पिक राजनीतिक शक्तिहरूको काँधमा छ। इमान्दार सहकार्य, सही नेतृत्व र निस्वार्थ प्रतिबद्धता देखाउन सकिए मात्र जेन–जे आन्दोलनले देखाएको उज्यालो बाटो नेपालले पछ्याउन सक्छ।

लेखक उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य हुनुहुन्छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार