मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

कांग्रेसका नेताहरुलाई एक्लै हिँड्ने अहंकार नगर्न प्रचण्डको आग्रह

महमूद आलम खान 1133+ समाचार ( )
कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले कांग्रेस र माओवादी केन्द्रबीच गहिरो एकता जरुरी रहेको बताए ।
२४ मंगशिर २०७८, शुक्रबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेताहरुलाई एक्लै हिँड्ने अहंकार नगर्न आग्रह गरेका छन् ।

शुक्रबार नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले कांग्रेस र माओवादी केन्द्रबीच गहिरो एकता जरुरी रहेको बताए ।

‘कहिलेकाहीँ म सुन्छु, साथीहरु एक्लै हिँड्ने कुरा गर्नुहुन्छ,’ उनले भने, ‘हामी एक्लै हिँड्ने अहंकार कसैले पनि नगरौं । हामी मिलेरै हिँड्ने हो ।’

राजनीतिक प्रतिस्पर्धा गरे पनि त्यो प्रतिस्पर्धाभित्र एकता खोजिराख्नैपर्ने उनको भनाई छ । ‘अहिले हामीले जे सफलता भनेका छौं, त्यो एकता, गठबन्धनबाट प्राप्त भएको सफलता हो’ प्रचण्डले भने । उनले एक्लै हिँड्ने अहंकार गर्दा ओरालो यात्रा सुरु हुने बताए ।

नेपालमा एकले अर्कोलाई प्रधानमन्त्री बनाउने अनौठो संस्कृति रहेको बताएका छन् । भारतीय जनता पार्टीका नेता हर्षबद्र्धनले नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन सत्रलाई शुभकामना दिने क्रममा धेरै पूर्वप्रधानमन्त्री एउटै मञ्चमा पहिलो पटक देखिएको भन्दै खुसी लागेको बताएका थिए । त्यसकै जवाफ दिने क्रममा प्रचण्डले यस्तो बताएका हुन् ।

‘यी सबै पूर्व प्रधानमन्त्रीहरू एकले अर्कोलाई प्रधानमन्त्री बनाएका व्यक्ति हुन् । हामी एक अर्कालाई हातेमालो गरेर देशविकास गर्न पछि पर्दैनौं’, उनले भने ।

भारतीय जनता पार्टीका नेता हर्षबर्द्धनलाई जवाफ दिँदै उनले भने, ‘उहाँ भर्खरै यहाँबाट गइसक्नु भएको छ, म उहाँलाई यी सबै पूर्व प्रधानमन्त्री एकले अर्कालाई बनाएका हुन् भन्न चाहन्थेँ। सायद उहाँले सुन्नुहुन्छ होला।’

यस्तै प्रचण्डले आफूहरूसँग आपसमा प्रतिस्पर्धा भए पनि जरूरी पर्दा एकले अर्कालाई प्रधानमन्त्री पनि बनाउने गरेको संस्कार समेत रहेको स्पष्ट पारे । प्रचण्डले राजनीतिक दल र तिनका नेताहरुलाई बद्नाम गराएर निरकुंश निम्त्याउन खोजिएको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार