मुख्य समाचार
निरजला–शुसिला स्मृति अक्षयकोषद्वारा छात्रा शिक्षामा निरन्तर सहयोग | विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न |

स्वार्थका लागि दल फेर्ने नन्दलाललाई मतदान नगर्न उनकै समाजले गर्यो निर्णय

महमूद आलम खान 1133+ समाचार ( )
निर्वाचनमा १ हजार मतमा नै नन्दलाल सिमित हुने जानकारहरुको भनाई
९ वैशाख २०७९, शुक्रबार

बाँके । सत्तारुढ पाँच दलका नेताहरु बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर एमाले विरुद्ध चुनाव लड्न यतिवेला व्यापक छलफलमा केन्द्रित छन् । गठबन्धन गर्न सहमतिका लागि दिनहु जस्तो जिल्ला स्तरमा र पालिका स्तरमा औपचारिक अनौपचारिक बैठकहरु बस्ने भएपनि महानगरपालिका र उपमहानगरपालिकाका विषयमा टुगो लागे पनि नगरपालिका, गाँउपालिका र वडाका विषयमा ठोस निर्णय भने हाल सम्म केहिपनि निस्कन सकेको छैन । बरु नेताहरुका व्यक्तिगत देखि पारिवारीक स्वार्थ भने छताछुल्ल छ ।

माओवादीको गढ मानिएको नेपालगंज उपमहानगरपालिकामा माओवादी भित्रको अन्तरविरोध यस्तो नराम्रो सँगले झागिएको छ की माओवादी भित्र एक समूहले टिकट पाए अर्को समूहले स्वीकार्दै नस्वीकार्ने अवस्था छ । अहिले टिकट पाउनु नै जित्नु हो भन्ने शैलिमा माओवादी भित्र टिकट हात पार्न दश बर्षीय जनयुद्धका लागि बलिदानी दिएकाहरु भन्दा नव प्रबेशीहरु र पैसा भएका व्यक्तिहरुको खेमा विच दाउपेच सुरु भएको छ । 

सत्तारुढ पाँच दल बीच भएको गठबन्धनमा नेपालगंजको मेयर काग्रेस र उपमेयर जसपाको भागमा परे पछि नेकपा माओबादी नगरसमितिका सहसचिव नन्दलाल बैश्यले पार्टी परित्याग गरी राप्रपामा प्रबेश गरेको घोषणा गरेका छन् ।

उनले राप्रपा प्रबेश गर्दै राप्रपाबाट मेयरमा चुनाब लड्ने घोषणा गरेका हुन । फेसबुक मार्फत भनेका छन, नेपालगंज उपमहानगरपालिका भित्र रहनु भएका सम्पूर्ण निष्ठावान,अनुशाषित,सर्वहारा बर्गियपक्षधर कम्रेडहरु , पार्टी नेतृत्व पुर्णतः गुट प्रबृत्तिमा रम्ने, अरुको नितिमा चल्ने,विधि पद्धति मा नरहि स्वेच्छाचारी प्रबृत्ति हाबि भएको कारण आजको दिनदेखि आफु नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) परित्याग गरी आफनो पुरानो पार्टी राप्रपामा प्रबेश गरेको जानकारी गराउँदछु । यस बाट शुभेच्छेक मित्रहरूमा पर्न गएको चोट प्रति क्षमाप्रार्थी छु । राष्ट्र ,राष्ट्रियता ,र राजासहित देश निमार्ण गर्ने अभियानमा आज देखि लाग्ने जानकारी गराउनु भयो । 

नन्दलाल बैश्य नब प्रबेशी माओबादी कार्यकर्ता हुन् । उनी संग पैसा भएकै कारण माओबादी नेताहरुले नगरको सहसचिव बनाएका थिए । बैश्य केन्द्रीय नेताहरुलाई भेटने क्रममा ढाका टोपी, दौरा सुरवाल उपहार प्रदान गरेर आफनो पहिचान दिने गरेका थिए । उनी पार्टीको सिद्धान्त भन्दा आफनो निजी स्वार्थ पूर्ति गर्न नेताहरुलाई प्रयोग गर्न महीर थिए । मेयरको टिकट नपाउने निश्चित भए पछि .उनी पार्टीलाई कुनै जानकारी नगराई रातारात राप्रपामा प्रबेश गर्ने निर्णय लिएर अर्को दिन बिधिवत रुपमा राप्रपा प्रबेश गरेका थिए ।

उनले बैश्य समाजको ७ हजार मत आफनो निजि मत भएको फेसबुक मार्फत उदघोष गरे पनि मतदाताहरुले स्वार्थका लागि पार्टी फेर्ने नेताहरुलाई मत नदिने बैश्य समाजले आन्तरीक निर्णय गरेको छ । यदि बैश्य समाजले नन्दलालाई बहिष्कार गर्ने हो भने नेपालगंजको मेयरमा नन्दलाललाई एक हजार मत कटाउन मुस्किल पर्ने जानकारहरु बताउँछन् । 

उम्मेदवारी दर्ता गर्ने समय नजिकिए संगै माओबादी कार्यकर्ता मात्र नभएर अन्य पार्टीका नेताहरुले समेत नव प्रबेशीहरुलाई स्थानीय निर्वाचनमा उम्मेदवार बनाउन नहुने बताउदै आएका छन् । नब प्रबेशीहरु स्वार्थका लागि मात्र पार्टीबाट चुनाव लड्न चाहेकोले टिकट नदिन चौतर्फी दबाब सृचना भई रहेको छ भने टिकट पाएकाहरुलाई मतदान नगर्न समेत नेताहरुले अपिल गरेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार