मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

वर्गीय दृष्टिकोण भुत्ते हुँदा माओबादी कमजोर बन्यो – गहतराज

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
८ अशोज २०८१, मङ्गलबार

बाँके । वर्गीय दृष्टिकोण भुत्ते हुँदा माओबादी पार्टी कमजोर हुँदै गएको नेकपा माओबादी केन्द्रका स्थायी समिति सदस्य एंव पूर्व युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’ले बताउनु भयो ।
नेकपा माओबादी केन्द्र बाँकेले आयोजना गरेको जनवर्गी संगठनहरु संगको विशेष बैठकमा बोल्दै अथकले वर्गीय मुद्दालाई प्रमुख मुद्दाका रुपमा लिएर पार्टीलाई एकताबद्ध बनाई जनतामा जान कार्यकर्ताहरुलाई निर्देशन दिनु भयो ।
वर्गीय दृष्टिकोण बोधो भएको र वर्गप्रति जोड दिन नसक्दा पार्टी खुम्चिएको अथकको निष्कर्ष थियो । ‘पार्टी खुम्चिँदै जानुमा वर्गसँगको सम्बन्धमा कमी आउँदै जानु भन्ने रहेको छ । वर्गीय दृष्टिकोण भुत्ते, बोधो भयो । वर्गप्रति जोड दिन नसक्दा पार्टी खुम्चिएको छ । वर्ग र जनतासँग फर्किनुको बिकल्प नभएको जिकिर गर्नु भयो ।
माओवादीमा पद ओगटेर बस्ने र काम नगर्ने मानसिकताको जरो निकै गहिरोसँग गढेर बसेको कार्यकर्ताहरुको आरोप थियो  । मुस्लिम मुक्ति मोर्चाका अध्यक्ष इमरान खानले काम नगर्ने, काम बिगार्ने र कामप्रति हल्चेक्राइँ गर्ने नेताको पद घटुवा गरिनु पर्ने माग गर्नु भयो उहाँले पार्टीमा मौलाएको नातावाद, कृपावाद र परिवारवाद नेतृत्व तहबाटै अन्त्य गर्नका लागि निर्मम ढंगले लाग्न आग्रह गर्नु भयो ।
माओबादी केन्द्र बाँकेका अध्यक्ष नरेन्द्र पाण्डेले ‘माओवादी कमजोर हुँदा परिवर्तनका मुद्दा उल्टिन्छ्न, संविधानमाथि हमला हुन्छ ।’ उहाँले भन्नुभयो, ‘परिवर्तनलाई जोगाउन पनि हामी सुदृढ एकतासहित अघि बढ्नुको विकल्प छैन।’
बैठकमा नेकपा माओबादी केन्द्रका केन्द्रीस सदस्य आइपी खरेल, उषा पुन, लुम्निी प्रदेशका सचिव अक्ल बहादुर बम, सम्पर्क बिशेष प्रदेश समितिका सदस्य तेज प्रसाद रेग्मी, मन्जु रोकाय लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार