मुख्य समाचार
निरजला–शुसिला स्मृति अक्षयकोषद्वारा छात्रा शिक्षामा निरन्तर सहयोग | विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न |

नेपालगञ्जमा ‘गुल्जार–ए–अदब’को ५९०औँ मासिक तरही मुशायरा सम्पन्न

यूथ टुडे समाचारदाता 3409+ समाचार ( )
११ अशोज २०८२, शनिबार

नेपालगञ्ज । नेपालगञ्जस्थित साहित्यिक संस्था गुल्जार–ए–अदबद्वारा आयोजित ५ सय ९०औँ मासिक तरही मुशायरा नेपालगञ्जको महेन्द्र पुस्तकालयमा भव्य रूपमा सम्पन्न भएको छ।

यस पटकको मुशायराको तरही मिसरा “यही चराग जलेगी तो रोश्नी होगी” राखिएको थियो। सोही मिसरामाथि आधारित गजलहरू प्रस्तुत गर्दै शायरहरूले सभामा आफ्नो साहित्यिक कला उजागर गरे। प्रस्तुत गजलहरूले श्रोतासँगै सहकर्मी कविहरूमाझ समेत उच्च प्रशंसा पाए ।

कार्यक्रमको शुरुवात हाफिज अहमद हुसैनले कुरान–ए–पाकको तिलावतबाट गरेका थिए।

भारतको नानपारा र जरवलबाट आएका शायर रोशन जमीर, अब्दुल शहीद खान र अबुजर जौक जरवलीको विशेष उपस्थिति रहेको थियो।

नेपालतर्फबाट प्रख्यात बुजुर्ग शायर अब्दुल लतीफ शौक, सैयद अशफाक रसूल हाश्मी ‘सैयद नेपाली’, गुल्जार–ए–अदबका अध्यक्ष मुस्तफा अहसन कुरैशी ‘अहसन’, आदिल सरवर ‘सरवर नेपाली’, नुरुल हसन राई ‘नूर’, डा. जैनुल आब्दीन, मेराज अहमद ‘हिमालय’, मोहम्मद आरिफ अन्सारी, समीर अली, नूर मोहम्मद अन्सारी, सैयद आसिम सरवरलगायत शायरहरूले आफ्नो गजल प्रस्तुत गरेका थिए।

उल्लेखनीय गजलका पंक्ति

शायरहरूले प्रस्तुत गरेका केही चर्चित मिसरा यसप्रकार छन्—

“तेरे गुरुर व तकब्बुर मे कुछ कमी होगी, हमारी दिद तेरी असल बन्दगी होगी।” — सैयद नेपाली

“जिहालत ही छाई रही इस दुनियाँ मे, तो तिरगी है वह तिरगी होगी।” — अब्दुल लतीफ शौक

“जो दर्द–ए–गैर लिए ही गुजर रही होगी, गुलाब जैसी महेक्ती वह जिन्दगी होगी।” — मुस्तफा अहसन कुरैशी

“हरेक राह पे फिर जाँ फिशानी होगी, यही चराग जलेगी तो रोश्नी होगी।” — नूर मोहम्मद अन्सारी

विशेष मन्तव्य दिँदै डा. उमेर सादिकले गुल्जार–ए–अदबका संस्थापकहरूको योगदान स्मरण गर्दै नयाँ पुस्ताले यस साहित्यिक परम्परालाई अघि बढाउनुपर्नेमा जोड दिए।

त्यसैगरी महासचिव मोहम्मद आरिफ अन्सारीले प्रत्येक महिनाको अन्तिम शनिबार हुने नियमित गजल गोष्ठीलाई अझ प्रभावकारी बनाउन सबै गजलकार, कवि, साहित्यकार र गजलप्रेमीहरूको निरन्तर उपस्थिति र सक्रिय सहभागिताको आवश्यकता रहेको बताए।

कार्यक्रममा महेन्द्र पुस्तकालयका कार्यवाहक अध्यक्ष पंकज श्रेष्ठ, डा. उमेर सादिक, राशिद कमाल, हाजी जाकिर हल्वाई, बब्बु फारुकी, सद्दाम हुसैन बाग्वान, सिराज सल्मानी, वकील कुरैशीलगायतको उपस्थिति थियो।

मुशायराको अध्यक्षता वरिष्ठ शायर सैयद अशफाक रसूल हाश्मी ‘सैयद नेपाली’ले गर्नुभएको थियो भने सञ्चालन डा. जैनुल आब्दीनले गर्नुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार