मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

आफ्नो मताधिकार प्रयोग गर्न आम जनसमुदायमा हुरीपपको अपिल

महमूद आलम खान 1132+ समाचार ( )
मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्र (हुरीपप) ले नेपाली जनताले भोलि बैशाख ३० गते हुने निर्वाचनमार्फत आफूलाई मन परेको उम्मेदवार तथा राजनीतिक दललाई छान्न पाउने संविधान प्रदत्त सार्वभौम अधिकार प्रयोग गर्न अपिल गरेको छ ।
२९ वैशाख २०७९, बिहीबार

बाँके । मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्र (हुरीपप) ले नेपाली जनताले भोलि बैशाख ३० गते हुने निर्वाचनमार्फत आफूलाई मन परेको उम्मेदवार तथा राजनीतिक दललाई छान्न पाउने संविधान प्रदत्त सार्वभौम अधिकार प्रयोग गर्न अपिल गरेको छ ।

हुरीपपका अध्यक्ष आलम खानले आज जारी गरेको प्रेस विज्ञप्तिमा कुनै डर, धाक धम्की, त्रास र प्रलोभनमा नपरी मतदान गर्न सम्पूर्ण मतदातालाई अपिल गरिएको छ ।

स्थानीय तहको निर्वाचनमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न आम जनसमुदायमा अनुरोध गर्दै मानव अधिकार, सामाजिक न्याय र विधिको शासनको प्रक्रियाको शुद्धीकरण र सबलीकरणमा स्थानीय तहको निर्वाचनले महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष खानद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

यही वैशाख ३० गते ७५३ स्थानीय तहका लागि हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । विसं २०७४ मा तीन चरणमा निर्वाचन भएको थियो । संविधानको भावना र स्थानीय तह निर्वाचन ऐनअनुसार पाँच वर्षको कार्यकाल सकिएकै दिन निर्वाचन गर्ने निर्णय भएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार