मुख्य समाचार
विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन |

राजश्व अनुसन्धानका कर्मचारी माथि आक्रमण गर्ने धामीलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी

यूथ टुडे समाचारदाता 3408+ समाचार ( )
राष्ट्र सेवक माथि आक्रमण गर्नेलाई कानुनको दायरामा ल्याउने प्रहरीको भनाइ
१ भाद्र २०७९, बुधवार

बाँके । राजश्व अनुसन्धान कार्यालयका कर्मचारी माथि आक्रमण गर्ने नेपालगन्ज उद्योग वाणिज्य संघका प्रवक्ता टंकप्रसाद धामी सहित झण्डै आधा दर्जन व्यक्तिहरुलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी भएको छ ।

संघका प्रवक्ता टंक प्रसाद धामी सहित झण्डै आधा दर्जन आक्रमणकारीहरु विरुद्ध ‘राष्ट्रसेवक कर्मचारी विरुद्ध दुव्र्यवहार गरेको’ उजुरी सहित कानुनी कारवाहीमा राजश्व अनुसन्धान कार्यालय कोहलपुरका कर्मचारीले किटानी जाहेरी दिए पछि बाँके प्रहरीले पक्राऊ पुर्जी जारी गरेको हो ।

राजश्व अनुसन्धान कार्यालय कोहलपुरका नायब सुब्बा सहितका कर्मचारी घरबारीटोल स्थित एउटा पसलमा छापा मार्न गएका बेला धामी सहितका व्यापारीले आक्रमण गरेका थिए । ‘धामीको निर्देशनमा उनी सहित चार÷पाँच जनाले कर्मचारी पन्थीलाई दुव्र्यवहार गरेको उजुरी छ’, पक्राउ पूर्व आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी दिंदै बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले भने, ‘अनुसन्धानबाट ठहर हुनासाथ पक्राउ गरेर थप कानुनी कारवाही अगाडि बढाउँछौं ।’

कर्मचारीमाथि ‘ज्यान मार्ने उद्योग’ दाबी गरेका उजुरीकर्ताले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ताका लागि समस्या देखिएपछि प्रमुख जिल्ला अधिकारीको निर्देशन खोजेका थिए । ‘अनुसन्धानबाट ठहर हुने अपराधका आधारमा कारवाही हुने गरी कानुनी प्रक्रिया अगाडि बढाउन’ प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले निर्देशन दिएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको हो । ‘घटनालाई सामान्य मान्न सकिंदैन’ प्रजिअ खत्रीले भने, ‘प्रहरीले अनुसन्धान अगाडि बढाइसकेकाले ठहर भए बमोजिम कारवाही हुन्छ ।’

प्रवक्ता टंकप्रसाद धामीले आफ्नो पदिय मर्यादा भुलेर राष्ट्र सेवक कर्मचारी माथि आक्रमण गर्नु निन्दनीय भएको भन्दै तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न जनस्तरबाट आवाज उठरको छ । राजेश्व अनुसन्धान कार्यालयले कुनै पनि बेला छापा मार्न सक्ने अवस्था हुँदा हुँदै पनि धामी अवैध व्यापार लुकाउने बहानामा कर्मचारी माथि आक्रमण गरेको एक जना स्थानीयले बताए ।

यता धामी माओवादी केन्द्रको नेता भएको बताउँदै आफुलाई पक्राउ नगर्न केन्द्रीय नेताहरुबाट दबाब दिन लगाए पनि नागरिक स्तरबाट समेत कारवाही गर्न दबाब आएकोले कानुन बमोजिम कारबाही गर्ने प्रहरीले कदम चालेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार