मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

कोहलपुरमा प्रकाश ज्वालाद्वारा एकता र गोलबन्धताको आह्वान

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
१ मंगशिर २०८२, आइतबार

बाँके । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय नेता प्रकाश ज्वालाले आइतवार कोहलपुर–११ स्थित सहिद स्मृति भवनमा आयोजित कार्यकर्ता भेलामा पार्टी एकतापछि पहिलोपटक संयुक्त रूपमा मञ्च ग्रहण गर्दै व्यापक संगठन विस्तार तथा गोलबन्धताको सन्देश दिनुभएको छ।

नेता ज्वालाले नेपाली कम्युनिस्ट पार्टीलाई नेपालको माटो, हावापानी र अपनत्वअनुरूप मूल प्रवाहको पार्टीका रूपमा नामाकरण गरिएको उल्लेख गर्दै अबको राजनीतिक विकल्प यही पार्टी हुने दाबी गर्नुभयो। उहाँले कार्यकर्तालाई नाम र चुनाव चिन्हप्रति कुनै भ्रममा नपर्न आग्रह गर्दै, “रातो पाँच–कुने तारा कम्युनिस्टहरूको मूल पहिचान हो, यही नै हाम्रो गौरव र चिनारी हो,” भन्नुभयो।

उहाँले पूर्ण संकल्पसहित एकताबद्ध भएर एउटै ध्येयसहित अघि बढ्नुपर्नेमा जोड दिँदै अब विश्वका अन्य कम्युनिस्ट पार्टीहरूजस्तै—चिनियाँ कम्युनिस्ट पार्टी, भारतीय कम्युनिस्ट पार्टी—नेपालमा पनि ‘नेपाली कम्युनिस्ट पार्टी’ निर्वाचन आयोगमा दर्ता भइसकेकाले सबै सच्चा कम्युनिस्टहरू यही छातामुनि एकजुट हुनुपर्ने अपिल गर्नुभयो।

कार्यक्रममा केन्द्रीय सदस्य नरेन्द्र न्यौपाने, लुम्बिनी प्रदेश अध्यक्ष अब्दुल हुँसेन खान, जिल्ला संयोजक नरेन्द्र पाण्डे ‘जेम्स’लगायत नेताहरूको उपस्थिति थियो। न्यौपाने र खानले शुभकामना व्यक्त गर्दै एकताको आवश्यकतामा जोड दिए।

सम्बोधनका क्रममा नेता ज्वालाले नेकपा एमालेसँग समेत वर्तमान परिस्थितिमा एकता सम्भावना रहेको उल्लेख गर्दै “कुनै भ्रममा नपरी गोलबन्ध हुँदै अघि बढ्नुस्” भन्ने आग्रह गर्नुभयो।

कार्यक्रमको सञ्चालन नेपाली कम्युनिस्ट पार्टी कोहलपुर अध्यक्ष अबिरल खड्काले गर्नुभएको जानकारी नेता शिवप्रसाद डाँगीले दिनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार