मुख्य समाचार
हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा | बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न | बर्दियाको ठाकुरद्धारामा सडक नाटक तथा अभिनय क्षमता विकास तालिम सम्पन्न | निरजला–शुसिला स्मृति अक्षयकोषद्वारा छात्रा शिक्षामा निरन्तर सहयोग | विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण |

१०२ एम्बुलेन्स सेवा गण्डकी प्रदेश सरकारकाे स्वामित्वमा संचालन

यूथ टुडे समाचारदाता 3412+ समाचार ( )
केही समय अघि एम्बुलेन्सकाे हटलाइ पैसा नलाग्ने नम्बर १०२ मा फाेन लाग्थेन । नेपाल टेलिकम र व्यवस्थापन प्रणालीमा विभिन्न समस्या आएको कारण जनताले चाहेको जस्तो सेवा पाएका थिएनन् ।
२३ श्रावण २०८०, मङ्गलबार

पाेखरा । केही समय अघि एम्बुलेन्सकाे हटलाइ पैसा नलाग्ने नम्बर १०२ मा फाेन लाग्थेन । नेपाल टेलिकम र व्यवस्थापन प्रणालीमा विभिन्न समस्या आएको कारण जनताले चाहेको जस्तो सेवा पाएका थिएनन् । 

एम्बुलेन्सकाे निशुल्क हटलाईन नम्बर १०२ मंगलबार देखि संचालनमा आएको छ । 

गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ मन्त्रालय स्वामित्वमा रहेर उक्त सेवा संचालनमा आएको हाे । 

मंगलबार उक्त सेवाको उद्घाटन गर्दै गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ मन्त्री सुशीला सिखडाले १०२ फाेन गरेर गण्डकी प्रदेश भरिएका जनताले सेवा सुबिधा लिन सक्ने जानकारी दिईन । 

जनाएको समस्यालाई समाधानमा सामाजिक विकास तथा स्वास्थ मन्त्रालयले प्राथमिकता दिएको कारण सेवा संचालन आएको सुनाईन । 

अहिले गण्डकी प्रदेशमा क र ख वर्ग गरि २ वटा वर्ग विभाजन गरेर एम्बुलेन्स संचालनमा ल्याईएकाे छ । क वर्गको एम्बुलेन्समा आइसियू सहितको सेवा हुनेछ । ख वर्गको एम्बुलेन्समा तालिम सहितको स्वास्थकर्मी हुने छन् । 

हाल गण्डकी प्रदेशमा विभिन्न संस्था संग आवद्व १ सय २२ एम्बुलेन्स रहेको छन् । ति मध्य ३८ वटा निरन्तर १०२ काे सम्पर्कमा रहेका हुन्छन् । 

अन्यमा जिपिएस जडान गरेर १०२ सेवा जाेड्ने प्रकृया अघि बढिरहेको डाक्टर नारायण श्रेष्ठले जानकारी दिए । 

हटलाईन शाखामा अहिले जनशक्ति कम भएको कारण केही समस्या आएको र अबको केही समयमा जनशक्ति थपेर समस्याको समाधान गर्ने श्रेष्ठले जानकारी दिए । 

समाजिक बिकास तथा स्वास्थ्य मन्त्रालयका स्वास्थ्य तर्फका सचिव विनोद बिन्दु शर्माले पछिल्लो समयमा उक्त सेवालाई अझै प्रभावकारी बनाउदै लैजान सकिने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार