मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |
मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

नेपालगंज उद्योग वाणिज्य संघको निर्वाचन :
आँखा देख्ने, बोल्ने र कान सुन्ने संघ बनाउनका लागि मेरो उम्मेदवारी हो - बेहना

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
युथ टुडे संग कुरा गर्दै उनले भने, ‘अर्थतन्त्रमा देखिएको वर्तमान समस्याबारे अवगत गराउन, सरकारलाई घचघच्याउन र दबाब सिर्जना गर्न उम्मेदवार बनेको हुँ।’
२४ श्रावण २०८०, बुधवार

बाँके । साना तथा मझौला उद्योगलाई उकास्न र नेपाली उद्योगलाई आत्मनिर्भरतातर्फ डो¥याउन आफूले नेपालगंज उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि आउँदो २ भाद्रमा हुने निर्वाचनका लागि उद्योगतर्फको उपाध्यक्ष पदमा उम्मेदवारी दिएको नेशनल सप्लार्यस एंव एस.एम.जी फूड प्याकेजिङका संचालक एंव नेपालगंज उपमहानगरपालिका वडा नं. ४ का निर्वातमान वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले बताए ।

युथ टुडे संग कुरा गर्दै उनले भने, ‘अर्थतन्त्रमा देखिएको वर्तमान समस्याबारे अवगत गराउन, सरकारलाई घचघच्याउन र दबाब सिर्जना गर्न उम्मेदवार बनेको हुँ।’

उद्योगतर्फको उपाध्यक्ष पदमा उम्मेदवारी दिएका बेहनाले आफ्नो उम्मेदवारीको औचित्य पुष्टि गर्दै भने, ‘ उद्योग तर्फको उपाध्यक्षमा मेरो उम्मेदवारी भनेको संघलाई जल्दोबल्दो बनाउनु हो । संघको नेतृत्वले आफ्नो स्वार्थलाई किनारामा राखेर जिल्लामा भएका साना तथा मझौला उद्योगका समस्यालाई केन्द्रमा राख्नुपर्छ । मेरो कार्यकाल पनि यसैमा केन्द्रित हुनेछ ।’

संघको नेतृत्व तहमा बसेपछि संघकै काम गर्नुपर्ने जिकिर गरे । ‘अर्थतन्त्रमा देखिएको वर्तमान समस्या समाधान गर्न संघको महत्वपूर्ण भूमिका रहन्छ । त्यसैले म नेतृत्वमा पुगें, समस्या समाधन गर्न योगदान गर्नेछु ।’

उनले मुलुकको अर्थतन्त्र संकटमा रहेको र संकेतहरू चिन्ताजनक रहेको बताउँदै आफू चुनावी मैदानमा उत्रिनुको कारणहरू सुनाए ।

‘मेरो अनुभवमा अहिले जस्तो कठिन आर्थिक अवस्था कहिल्यै थिएन । यस्तो अवस्थामा नेपालगंज उद्योग वाणिज्य संघको भूमिका थप आवश्यक छ । उद्योगतर्फको उपाध्यक्ष पदका उम्मेदवार बेहनाले नेपालको आर्थिक अवस्था बारे चर्चा गर्दै भने, ‘जब व्यापार–चक्र सहज हुन्छ, त्यस्तो अवस्थामा खासै अरूको टेको आवश्यक हुन्न । तर जब समस्या देखा पर्छ, त्यस्तो अवस्थामा टेको वा सहयोग आवश्यक पर्छ । अहिले नेपालको अर्थतन्त्र दोसाँधको अवस्थामा छ । डुब्ने हो या उकासिने ? संकेत राम्रो देखिएको छैन ।’

उनले अन्तर्राष्ट्रिय रूपमा आर्थिक मन्दी रहेको अवस्थामा आफू जस्ता भुइँबाट माथि उठेका मान्छेहरूले संघको नेतृत्व लिनुपर्ने आवश्यकता खट्किएको बताए । 

संघको मौजुदा नेतृत्वमा ठूला–ठूला व्यापारिक समूहको दबदबा रहेकोले समग्र उद्योगी तथा व्यपारीको समस्यालाई अनदेखा गरिएको आरोप पनि उनले लगाए ।

‘अहिलेसम्म संघमा ठूला–ठूला कर्पोरेट हाउसको दबदबा छ । अहिले मसँग निर्वाचनमा खडा हुने कर्पोरेट हाउसकै साथीहरु हुनुहुन्छ । तर मैले के ठानेँ भने, सिङ्गो अर्थतन्त्र अफ्ठ्यारोमा छ । त्यसैले म संघमा जानुपर्छ । यसैका लागि प्रयत्न गरिरहेको छु,’ बेहनाले भने, ‘तर मेरो गन्तब्य पद ओगटेर बस्ने मात्र हैन । मेरो ध्येय अर्थतन्त्रलाई उकास्ने, निकास दिनेमा छ ।’

नेशनल सप्लार्यस तथा एस.एम.जी फूड प्याकेजिङका संचालक समेत रहेका बेहनाले आफू चेम्बर आन्दोलनमा लागेको २ दशक बितिसकेको बताए ।

देशको वर्तमान राजनीतिक नेतृत्व सत्ताकेन्द्रित रहेकोले आफू नेतृत्वमा चुनिएको खण्डमा संघको तर्फबाट निरन्तर खबरदारी गरिरहने प्रतिबद्धता उनले दोहो¥याए।

‘राजनीतिक अवस्था धुमिल छ । जताततै चलखेल र अस्थिरता मात्र देखिन्छ । संघमा गएर उक्त नेतृत्वलाई राष्ट्रहित र वर्तमान समस्या समाधानका लागि हाम्रो तर्फबाट निरन्तर खबरदारी गर्नेछु,’ वर्तमान राजनीतिक नेतृत्वलाई प्रश्न गर्दै बेहनाले भने, ‘राजनीतिक नेतृत्वले २०४७ बाट एउटै मात्र कुरा गरिरहेको छ– हाम्रो राजनीतिक अजेण्डा सकियो, अब आर्थिक क्रान्ति हुन्छ । खै भएको आर्थिक क्रान्ति ?’

पछिल्ला दशक आर्थिक क्षेत्रमा उल्लेखनीय काम नभएको बेहनाको निष्कर्ष छ । उद्योगमैत्री ऐन तथा नीति नरहेकोले पनि उद्योगहरू धराशायी भएको उनले दाबी गरे । 

‘ऐनहरू हेरौँ । ऐन–कानुनले राष्ट्रिय उत्पादनलाई नजरअन्दाज गर्छ । पञ्चायती व्यवस्थामा थोरै उद्योग थिए र करिब सबै राज्य नियन्त्रित थिए । त्यो समय भन्सारमुखी अर्थतन्त्र थियो । तर अहिले परिस्थिति फरक भइसकेको छ । अहिले त राजनीतिक नेतृत्व पनि राष्ट्रिय पुँजी बढाउनुपर्छ भन्दै हिँडेका छन् । तर त्यो राष्ट्रिय सम्पत्ति कसरी बढाउने भन्नेमा ध्यान कसैको पुगेको देखिँदैन,’ उनले सरकारी मनोवृत्ति उजागर गर्दै भने, ‘वस्तु आयात गरेर त्यसमा नाफा थपेर त बढ्दैन । त्यसका लागि मुलुकभित्रै उद्योगहरू स्थापना हुनुप¥यो नि । त्यसका लागि उद्योगकेन्द्रित अर्थ नीति आवश्यक हुन्छ । पछिल्लो समय कृषिमा लगानी गर्ने भनिएको छ तर कृषि केन्द्रित अर्थ नीति भने छैन । जबसम्म यस्ता नीतिहरु आउँदैनन्, तबसम्म नेपालको विकास हुन सक्दैन ।’

यिनै विषयलाई लिएर राज्यलाई झक्झक्याउने र त्यस्ता नीतिहरू बनाउन बाध्य बनाउन पनि आफूले उद्योगतर्फको उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेको उनको भनाइ थियो ।

उम्मेदवारीमा सबैको साथ छ

बेहनाले आफ्नो उम्मेदवारीमा सबैको साथ रहेको दावी गरे । वर्तमान समस्या समाधानका लागि र आफ्नो उम्मेदवारीमा सबैको साथ र सहयोग रहेको उनको भनाइ थियो । 

‘मौजुदा समस्या समाधानका लागि मसँग जादुको छडी छैन । मसँग जिल्ला नगरका साथी छन् । मसँग वस्तुगतका साथी छन् । साना–साना मिलेर संघलाई परिवर्तन गर्नुपर्ने हुटहुटी भएका साथी छन्,’ बेहनाले भने ।

उनी संघको विगतको नेतृत्वले ठूला व्यापारीलाई पोस्ने गरेको र आफू नेतृत्वमा पुगे, त्यो परम्परालाई तोड्ने बताए ।

‘ठूला व्यापारी आफ्नो मात्र समस्या समाधान गर्नमा केन्द्रित भएको विगतको अनुभव छ । उदाहरणका लागि, बैंकले ऋण दिने अुनपातलाई हेरौँ न । व्यापार अर्थतन्त्रमा साना–साना उद्योगको योगदान करिब ७० प्रतिशत छ । तर बैंकबाट हामीलाई समग्र ऋण निष्काशनको ३० प्रतिशत मात्र प्राप्त हुन्छ । बैंकहरूले करिब ४८ खर्ब ऋण प्रवाह गर्दा केही सीमित उद्योगीलाई ३३ खर्ब ऋण दिएको छ । यहाँ विभेद छ । यहाँ हस्तक्षेप जरुरी छ । त्यसका लागि संघको भूमिका आवश्यक छ,’ बेहनाले भने ।

बेहनाले अहिले संघ विभिन्न दुष्चक्रमा फसेको र त्यसबाट मुक्त गर्न संघको नेतृत्वमा आफूले हस्तक्षेप गर्ने बताए । उनले संघ अहिले लाटो जस्तो देखिएको र यसलाई चनाखो बनाउनुपर्नेमा जोड दिए । ‘मलाई लाटो संघ चाहिएन । मलाई अन्धो संघ चाहिएन । मलाई बहिरो संघ पनि चाहिएन । मलाई आँखा देख्ने, बोल्ने र कान सुन्ने संघ चाहियो,’ बेहना भन्छन् ।

‘उद्योगीको कतिपय समस्या यति साना छन् कि, ध्यान दिएर सुन्यो भने समाधान हुन्छ । संघको वर्तमान नेतृत्वले त्यति पनि गर्दैन,’ बेहनाले आरोप लगाए ।

बेहनाले प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहका तर्फबाट ललित कुमार रौनियारको नेतृत्व आफूले उम्मेवारी दिएकोले सहयोग गर्न समेत अपिल गरे । संघलाई दह्रो र गर्विलो बनाउन हाम्रो जित आवश्यक छ,’ आसन्न निर्वाचनमा जितप्रति विश्वस्त देखिएका बेहनालेले भने, ‘२ भाद्रबाट नयाँ नेतृत्व आउँदैछ । त्यसपछि संघको मुहार फेरिन्छ ।’ उनले प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहको ललित रौनियार प्यानललाई विजय गराए उद्योगीको कतिपय समस्या समाधान गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।

बेहना उपाध्यक्ष उम्मेदवार रहेको प्रजातान्त्रिक प्यानलमा अध्यक्ष रौनियारसहित बाणिज्यतर्फको उपाध्यक्षमा विष्णुप्रसाद श्रेष्ठ , महिला उपाध्यक्षमा करिश्मा योगी तथा महासचिवमा टंकप्रसाद शर्मा उम्मेदवार छन् । यस्तै उपमहासचिवमा टेकबहादुर खड्का र कोषाध्यक्षमा मख्खनबहादुर धामीले उम्मेदवारी दिएका छन् ।त्यस्तै सदस्यहरुमा शिवप्रसाद दाहाल, विवेककुमार श्रेष्ठ, कैफुल वरा जोलाहा, प्रमोदकुमार अग्रवाल, युवराज ढकाल, सुनिल भण्डारी, पदम श्रेष्ठ, अतुलकुमार गुप्ता र बलबहादुर विष्ट (बबी) तथा एशोसिएट सदस्यमा प्रदिपकुमार गुप्ता र पुरुषोत्तम अग्रवाल उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार