मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम: सहिद राम मनोहर यादवको पार्क निर्माण गर्ने घोषणा

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
२९ जेठ २०८१, मङ्गलबार

जनकपुर । मधेस सरकारले अगामी आर्थिक वर्षमा ‘हात हातमा सवारी घर घरमा रोजगारी’ भन्ने मूल नाराका साथ रोजगार कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ ।

मंगलबार प्रदेशसभामा सरकारका तर्फबाट प्रदेश प्रमुख सुमित्रा भण्डारीले प्रस्तुत गरेको अगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रममा यस्तो कार्यक्रम ल्याउने घोषणा गरिएको हो ।

नीति तथा कार्यक्रममा प्रदेश समृद्धिका लागि ठुलो सङ्ख्यामा पर्यटक भित्र्याउने योजना समेटिएको छ । साथै जानकी मन्दिरलाई विश्व सम्पदाको सूचीमा पार्न पहल गरिने पनि कार्यक्रममा उल्लेख छ । 

यस्तै सरकारले नीति तथा कार्यक्रममा सहिद राम मनोहर यादवको पार्क निर्माण गर्ने घोषणा पनि गरेको छ । 

नीति तथा कार्यक्रममा कृषि बालीमा चक्लाबन्दी व्यवस्था लागु गर्ने र कृषिलाई यान्त्रिकीकरण गर्ने एवं कृषि समूहलाई प्रोत्साहन गर्ने नीति लिने पनि कार्यक्रममा समावेश छ । 

२२५ बुँदे नीति तथा कार्यक्रममा कृषि, सिँचाइ, खानेपानी, मल, सडक, शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका विषयलाई प्राथमिकतामा राखिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार