मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |
मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |


नाईस अवार्ड २०२३ बरिष्ठ पत्रकार झलक गैरेलाई

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
नाईस नेपालगन्जले संस्थाको बार्षिकोत्सबको अवसरमा प्रदान गर्ने अवार्ड अन्तरगत तेस्रो नाईस अवार्ड २०२३ नगद दश हजार सहित गैरेलाई प्रदान गरेको हो ।
२४ श्रावण २०८०, बुधवार

बाँके । नाईस अवार्ड २०२३ नेपालगन्जका बरिष्ठ पत्रकार झलक गैरेलाई प्रदान गरिएको छ । 

नाईस नेपालगन्जले संस्थाको बार्षिकोत्सबको अवसरमा प्रदान गर्ने अवार्ड अन्तरगत तेस्रो नाईस अवार्ड २०२३ नगद दश हजार सहित गैरेलाई प्रदान गरेको हो । 

नाईस नेपालगन्जको अयोजनामा आज नेपालगन्जमा आयोजित नाईस नेपालगन्जको चौथो बार्षिकोत्सब तथा नाईस अवार्ड २०२३ प्रदान बिशेष कार्यक्रमका बिच कार्यक्रमका प्रमुख अतिथि संघिय साँसद माननीय डा. धवल शमशेर राणा, कार्यक्रमका अतिथि गैसस महासँघका केन्द्रीय सदस्य तथा नाईस नेपालगन्जका संसथापक अध्यक्ष नमस्कार शाह, नाईस नेपालगन्जका अध्यक्ष हेमराज भट्टले संयुक्त रुपमा अवार्ड प्रदान गरेका थिए । पत्रकारितामा तिन दशक लामो समय देखि निरन्तर रुपमा क्रियाशिल रहेर विकास र सकारात्मक पत्रकारितामा माध्यमबाट सामाजिक रुपान्तरणमा उल्लेखनिय योगदान पुर्याए बापत उक्त सम्मान प्रदान गरिएको हो । 

अवार्ड प्रदान कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा संघिय साँसद माननीय डा. धवल शम्शेर राणाले नाईस अवार्ड समाजमा राम्रो काम गरिरहेका ब्यक्तिहरुका लागि प्रेरणा भएको बताए । उनले असल कार्य गर्ने र नेपालगन्जको विकासमा अग्रणी भूमिकामा रहेका पत्रकार झलक गैरे सम्मानीत भएकोमा बधाई ज्ञापन गर्दै संस्थाले उत्कृष्ट ब्यक्तिलाई छनौट गरेको प्रतिक्रिया दिए । कार्यक्रममा बोल्दै देश बिग्रिरहेको अवस्थामा असल र राम्रा ब्यक्तिहरु राजनितिमा आएर राजनितिलाई समेत सफा गर्ने बेला आएको उनले बताए । 

कार्यक्रममा बोल्दै कार्यक्रममा अतिथि गैरसरकारी संस्था महासँघका केन्द्रीय सदस्य तथा नाईस नेपालगन्जका संस्थापक अध्यक्ष नमस्कार शाहले राम्रो काम गर्ने ब्यक्ति र राम्रा कामहरुको प्रोत्साहन गर्ने उद्धेश्यले स्थापना गरिएको नाईस अवार्डले उत्कृष्ट कार्य गरेको बताए । पत्रकारिताको माध्यमबाट सामाजिक रुपान्तरणमा उत्कृष्ट काम गरेका ब्यक्तिलाई गरिएको सम्मानले राम्रा काम गर्ने ब्यक्तिहरुलाई हौसला थप्ने बताए । उनले सम्मानित गैरेलाई बधाई ज्ञापन गरे । 

नाईस अवार्ड २०२३ ग्रहण पश्चात बोल्दै बरिष्ठ पत्रकार झलक गैरेले ग्रेटर नेपालगन्जको परिकल्पनाका साथ पत्रकारिताको माध्यमबाट अगाडी बढीरहेका बेला नाईस नेपालगन्जले गरेको सम्मानले थप जिम्मेवार बनाएको प्रतिक्रिया दिए । कर्म गर फलको आसा नगर भन्ने भावनाका सुाथ काम गर्ने बताउदै नाईस अवार्डले पत्रकारितामा गरेको संघर्षको स्मरण गराएको बताए । आफूले गरिरहेको काममा रमाउन सकेमा सम्मान तथा पुरस्कार आफै प्राप्त हुने भन्दै सबैलाई सत्कर्ममा लाग्न उनको अनुरोध थियो । उनले पत्रकारिता समाजको ऐना मात्रै नभएर मार्ग निर्देश भएको जनाए । विकास र सकारात्मक पत्रकारितामा लागि निरन्तर लागिरहेको उनको प्रतिबद्धता थियो । कार्यक्रममा गैसस महासँघ बाँकेका अध्यक्ष चन्द्र प्रशाद तिमिल्सिना, शिक्षा बिद किरण आचार्य, बास नेपालका कार्यवाहक केन्द्रीय अध्यक्ष शिव कुमार बर्मा लगायतले शुभकामना मन्तब्य राखेका थिए । 

नाईस नेपालगन्जका अध्यक्ष हेमराज भट्टको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नाईस नेपालगन्जका सचिब कमल शाहीले गरेका थिए भने कार्यक्रममा स्वागत नाईस नेपालगन्जका सदस्य रबिन्द्र बोहराले गरेका थिए । कार्यक्रममा नरैनापुर गाउँपालिका, राप्ती सोनारी गाँउपालिका, बास नेपाल, सामर्थ ग्रुप अफ होटल्स एण्ड रिसोर्ट प्रा.लि., मलमपट्टी क्लिनिक्स नेपालगन्जले सहकार्य गरेको थियो । कार्यक्रममा सहयोग तथा सहकार्य गर्ने संस्थाहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा सरकारी निकाय, गैरसरकारी संस्था र युवाहरु गरी ७५ बढीको सहभागिता रहेको थियो ।  

बार्षिकोत्सबका अवसरमा संस्थापक अध्यक्ष शाहलाई सम्मान 

नाईस नेपालगन्जको चौथो बार्षिकोत्सबको अवसरमा नाईस नेपालगन्जका संस्थापक अध्यक्ष नमस्कार शाहलाई सम्मान गरेको छ । 

संस्था स्थापना देखि हाल सम्म संस्थागत विकासमा पुर्याउन भएको योगदानको कदर गर्दै सम्मान पत्र र खादा ओडाएर सम्मान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि तथा संघिय साँसद माननीय डा. धवल शम्शेर राणा र नाईस नेपालगन्जका अध्यक्ष हेमराज भट्टले संयुक्त रुपमा संस्थापक अध्यक्ष शाहलाई सम्मान गरेका थिए । हाल संस्थापक अध्यक्ष शाह नाईस नेपालगन्जको सल्लाहकार रहनुभएको छ । 

नाईस अवार्ड २०२३ बाट प्राप्त रकम उपचाररत पत्रकारको स्वास्थ्य उपचारमा सहयोग गर्ने घोषणा

नाईस अवार्ड २०२३ बाट प्राप्त गरेका बरिष्ठ पत्रकार झलक गैरेले अवार्ड बाट प्राप्त गरेको नगद १० हजार नेपालगन्जका एक पत्रकारको स्वास्थ्य उपचारमा खर्च गर्ने घोषणा गरिएको छ । 

नाईस अवार्ड २०२३ प्राप्त गरेपछि बोल्दै पत्रकार गैरेले कार्यक्रमका बिच उपचाररत पत्रकारको स्वास्थ्य उपचारमा खर्च गर्ने घोषणा गरेका हुन् । यसैगरी नाईस नेपालगन्जका संस्थापक अध्यक्ष नमस्कार शाहले आफ्नो जन्म दिनको अवसरमा उपचार पत्रकारको स्वास्थ्य उपचारमा घोषणा गरिएको १० हजारमा ब्यक्तिगत रुपमा ५ हजार थपेर सहयोग गर्ने घोषणा गरेका छन् । साउन २३ गते अर्थात आज नै जन्म दिन परेका संस्थापक अध्यक्ष शाहले कार्यक्रममा बोल्दै पत्रकार गैरेले सहयोग गरेको रकममा थपेर सहयोग गर्ने घोषणा गरेका हुन् । नाईस अवार्ड २०२३ प्राप्त गर्न सफल गैरेले परस्कार तथा अवार्ड बाट प्राप्त रकम मानवीय कार्यमा खर्च गर्दै आउनु भएको छ भने संस्थापक अध्यक्ष शाहले आफ्नो जन्म दिनको अवसरमा हरेक बर्ष मानविय कार्य गर्दै आउनु भएको छ । 

जन्म दिनमा युवालाई साईकल प्रदान 

बास नेपालका कार्यकारी निर्देशक तथा नाईस नेपालगन्जमा संस्थापक अध्यक्ष नमस्कार शाहले जन्म दिनको अवसरमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० का १६ बर्षिय महेन्द्र ढुंगानालाई साईकल सहयोग गरेका छन् । 

बुवा जन्मजात दृष्टीबिहिन र आमा मानशि अपांगता भएका कारण सानै उमेरमा सम्पूर्ण परिवारको जिम्मेवारी सम्हाल्दै आउनु भएका ढुंगानाको दैनिक आवतजावतमा सहजता होस भन्ने उद्धेश्यले उनलाई उक्त सहयोग प्रदान गरेका हुन् । सहयोग प्राप्त गर्ने ढुंगाना जय जनता माबि थपुवामा कक्षा १० मा अध्ययनरत छन् । सहयोग पश्चात ढुंगानाले साईकल नहुदा घर देखि नेपालगन्ज सम्म पैदल आवत जावत गर्ने गरेको भन्दै साईकलले दैनिक कार्यमा ठुलो सहयोग पुग्ने बताए । उनले सहयोग गर्ने शाहलाई धन्यबाद ज्ञापन गरेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार