मुख्य समाचार
गृह मन्त्री सुदन गुरुङले दिए पदबाट राजीनामा | जमुनाहा नाकामा उपभोक्तामाथि दुर्व्यवहार: व्यवसायीको ‘चेकजाँच शैली’प्रति चौतर्फी विरोध | स्वास्थ्य चौकीमा लापरवाही : वडा अध्यक्ष टिकानाथ यादवको कडा निगरानी | राष्ट्रको ढुकुटीमा आँखा गाडेकाहरू डराए: गृहमन्त्री गुरुङ | इस्लामाबादमा दोस्रो चरणको वार्ता: इरानी प्रतिनिधि मण्डल र अमेरिकी उपराष्ट्रपति आउँदै | बेल्टार बजार आगलागी : दुई जनाको जलेर मृत्यु | भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द | तराई क्षेत्रमा तातो लहरको सम्भावना | गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग | कर्मचारीलाई १५/१५ दिनमा तलब दिने सरकारको निर्णय |
मुख्य समाचार
गृह मन्त्री सुदन गुरुङले दिए पदबाट राजीनामा | जमुनाहा नाकामा उपभोक्तामाथि दुर्व्यवहार: व्यवसायीको ‘चेकजाँच शैली’प्रति चौतर्फी विरोध | स्वास्थ्य चौकीमा लापरवाही : वडा अध्यक्ष टिकानाथ यादवको कडा निगरानी | राष्ट्रको ढुकुटीमा आँखा गाडेकाहरू डराए: गृहमन्त्री गुरुङ | इस्लामाबादमा दोस्रो चरणको वार्ता: इरानी प्रतिनिधि मण्डल र अमेरिकी उपराष्ट्रपति आउँदै | बेल्टार बजार आगलागी : दुई जनाको जलेर मृत्यु | भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द | तराई क्षेत्रमा तातो लहरको सम्भावना | गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग | कर्मचारीलाई १५/१५ दिनमा तलब दिने सरकारको निर्णय |


काँग्रेस बाँकेलाई चुस्त, दुरुस्त र धारिलो संगठन बनाउने सभापति गौडेलको प्रतिबद्धता

यूथ टुडे समाचारदाता 3319+ समाचार ( )
२९ अशोज २०८०, सोमबार

नेपालगञ्ज, असोज २९ । नेपाली कांग्रेस बाँकेले छठ लगत्तै प्रशिक्षण अभियान चलाउने भएको छ ।

कांग्रेस बाँकेले आज पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको नियमित पत्रकार भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रममा सभापति नारायणप्रसाद गौडेलले चुस्त, दुरुस्त र धारिलो संगठन बनाउने कामलाई अभियानकै रुपमा अघि बढाउन छठ लगत्तै गाउँ केन्द्रित पार्टी प्रशिक्षण अभियान सञ्चालन गर्ने बताउनुभएको हो । पत्रकार भेटघाटमा वितरित प्रेस नोटमा भनिएको छ, "यसको सुरुवात हामीले केही समय अगाडि ८ पालिका सभापति र ८१ वटै वडा सभापतिहरुको लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरेर गरिसकेका छौं । ‘सचेत र जागरुक’ कार्यकर्ता उत्पादन गर्ने ध्येयका साथ प्रशिक्षणका कार्यक्रम अगाडि बढाइनेछ ।"

सभापति गौडेलले पार्टीलाई सुनिने, देखिने र महसुस गर्ने संगठनका रुपमा क्रियाशील बनाउने गरी अगाडि बढाउन उद्यत रहेको भन्दै जनतासंग प्रत्यक्ष सरोकार राख्ने सामाजिक र सिर्जनात्मक क्रियाकलापहरुमा पार्टीलाई अग्रसर बनाउने नीति अनुरुप पार्टीले आफ्ना कार्यक्रमहरुलाई केन्द्रित गरेको जानकारी दिनुभयो । "जनताका अप्ठेराहरुमा सहानुभूति मात्र प्रकट गर्ने परम्परागत सोचबाट माथि उठेर नेपाली कांग्रेस बाँके समानुभूतिको मन्त्रसहित अघि बढ्न हरदम पर्यत्नशील छ । सामाजिक मुद्दाहरुमा पक्षधरताबाट अलग बसेर जनताका चासो र सरोकारलाई आफ्नो एजेण्डा सम्झँदै पाइला चालिरहेको स्मरण पनि गराउँदछौं," पत्रकार भेटघाटमा वितरित प्रेस नोटमा भनिएको छ । उहाँले सञ्चार जगतसंग नियमित र निरन्तर सम्पर्कमा रहँदै विश्वासको जग बलियो बनाउन नेपाली कांग्रेस बाँके प्रतिबद्ध भएको उल्लेख गर्नुभयो ।

दशैं, तिहार र छठ पर्वहरु तथा नेपाल सम्बत ११४४ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै नेपाली कांग्रेस बाँकेले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न यी पर्वहरुले सबैमा उत्प्रेरणा प्रदान गरुन् भन्ने कामना गरेको छ ।

पत्रकारहरुको प्रश्नको जवाफ दिँदै सभापति गौडेलले भ्रष्टाचारको मामिलामा नेपाली कांग्रेस बाँके शून्य सहनशिलताका साथ अघि बढेको बताउनुभयो । कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले सुशासन उल्लंघन गरे पार्टीले संरक्षण नगर्ने भन्दै जनप्रतिनिधिहरुलाई पटक-पटक स्वच्छ छविका साथ काम गर्न झक्झक्याइरहेको बताउनुभयो । भ्रष्टाचारका सवालमा पार्टीले कुनै कम्प्रमाइज नगर्ने सभापति गौडेलको भनाई छ । गौडेलले भ्रष्टाचार गर्ने जनप्रतिनिधिलाई पार्टीले नछाड्ने दृढता व्यक्त गर्नुभयो । उहाँले जनप्रतिनिधिहरुलाई जनअपेक्षा अनुसार काम गर्न सचेत बनाइएको बताउनुभयो ।

सभापति गौडेलको सभापतित्व एवम् केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीको प्रमुख आतिथ्यतामा सम्पन्न पत्रकार भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रममा पत्रकारहरुलाई मायाको चिनो स्वरुप डायरी र कलम प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य बाल्मिकीले पार्टीबाट निर्वाचित जनप्रतिनिधिले गरिरहेका काम कारबाहीमा पार्टीको चासो रहेको बताउँदै हालसम्म भएका कामका बारेमा अनुगमन गर्ने गरी संयन्त्र बनाएर अघि बढ्न थालेको उल्लेख गर्नुभयो । जनप्रतिनिधिका कामले पार्टीलाई आघात पुग्ने अवस्था आउनु पार्टीका लागि ठूलो क्षती हुने उहाँको भनाई छ ।

त्यस अवसरमा नेपाल प्रेस युनियनका बरिष्ठ उपाध्यक्ष प्रेम केसी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाय, समाजवादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्मा, अनलाइन पत्रकार संघ बाँकेका अध्यक्ष कमल न्यौपाने लगायतले बोल्नुभएको थियो । सचिव सुधांशु कोइरालाले सञ्चालन गर्नुभएको कार्यक्रममा उपसभापति गोपालप्रसाद अधिकारी, सहसचिवद्वय रेन सिंह ठाकुर र विनोदकुमार थारु, प्रबक्ता डिल्ली गिरी, कार्यसमिति सदस्य, पूर्व पदाधिकारी एवम् सदस्य लगायत ३ दर्जन बढी पत्रकार उपस्थित थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार