मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

योगेश भट्टराईको मैवाखोला गाउँपालिकामा माओवादी विजय

महमूद आलम खान 1132+ समाचार ( )
मैवखोलामा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष उम्मेदवार विजयप्रकाश वनेम विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार राजनकुमार थक्लुङ पराजित भए ।
२ जेठ २०७९, सोमबार

ताप्लेजुङ । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईको गृहपालिका ताप्लेजुङकाे मैवाखोला गाउँपालिकामा गठबन्धनसँग नेकपा एमाले पराजित भएको छ ।

मैवखोलामा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष उम्मेदवार विजयप्रकाश वनेम विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार राजनकुमार थक्लुङ पराजित भए ।

मैवाखोलाको उपाध्यक्षमा पनि गठबन्धन नै विजयी भएको छ । गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कमलकुमारी वनेम उपाध्यक्ष निर्वाचित भए । प्रतिस्पर्धी नेकपा एमालेका उपाध्यक्ष उम्मेदवार कौशिला थक्लुङ लिम्बू पराजित भए ।

मैवाखोलामा नेकपा एमालेले २०४८ सालदेखि निरन्तर जित्दै आएको थियो । अघिल्लो स्थानीय तह निर्वाचनमा दलित महिला सदस्य बाहेक सबै एमालेले जितेको थियो । मैवाखोला क्षेत्र जननेता मदन भण्डारीको जन्मथालो हो ।

आफ्नै वडामा पनि पराजित

योगेश आफैले मतदान गरेको वडामा पनि एमाले पराजित भएको छ । योगेशले मतदान गरेको ३ नम्बर वडाको अध्यक्षमा नेपाली कांग्रेसका खगेन्द्र थक्लुङ विजयी भए ।

गठबन्धनका उम्मेदवार खगेन्द्र थत्लुङले ४ सय ७० मत प्राप्त गरे । उनका प्रतिस्पर्धी एमालेका ख्याम भट्टराईले ४ सय मत प्राप्त गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार