मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

कांग्रेसले मतदाताको अविचलित आस्थालाई विकृत बनाएको गगनको भनाई

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१७ चैत्र २०८०, शनिबार

नेपालगन्ज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धनका कारण पार्टीभित्र आत्मविश्वास कमजोर बन्दै गएको बताउनुभएको छ । 

शनिबार बाँकेको राप्तीसोनारीस्थित अगैयामा भएको संवाद यात्रालाई सम्बोधन गर्दै पुर्व मन्त्री समेत रहनु भएका महामन्त्री थापाले गठबन्धन गरेर कांग्रेसले मतदाताको अविचलित आस्थालाई विकृत बनाएको पनि बताउनुभयो । 

महामन्त्री थापाले कम्युनिष्टहरु मिल्ने डर र सरकारमा जाने रहरले यसअघि गठबन्धनमा गएको मनोविज्ञान चित्रण गर्दै अब उप्रान्त गठबन्धन नगरिने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘‘गठबन्धन गरेर हामीले हाम्रा मतदाताको अविचलित आस्थालाई विकृत बनाएका छौं । जहाँबाट कमजोरी भयो अब त्यहीँबाट सच्चिएर हिंड्नुपर्छ । नेपाली कांग्रेस अब आफ्नो पवित्रता, मौलिकता र पहिचान बोकेर एक्लै चुनाव लड्छ ।’’

समुदायमा कांग्रेस अभियान अन्तर्गत बाँकेको अगैयामा शनिबार भएकोसंवाद यात्रालाई सम्बोधन गर्दै महामन्त्री थापाले गुम्दै गएको आत्मविश्वास जागृत गर्ने गरी काम गर्नुपर्ने बेला आएको बताउनुभयो। 

उहाँले भन्नु भयो, ‘‘पार्टीका कार्यकर्तामा ठूलो निराशा छ । आत्मविश्वास गुमाएको अवस्था छ । अब हामी विश्वास जगाउने गरी अगाडि बढौं । केही हुँदैन भन्ने भाष्य बदलौ । कांग्रेस अब एक्लै लड्छ, कसैसंग गठबन्धन गर्दैन, सबै मिल्दा पनि विचलित नभएर लाग्छ । त्यसैले आत्मविश्वास जगाएर अगाडि बढ्नुस । संगठनमा काम गर्नुस् ।’’

नेपाली कांग्रेस क्षेत्र नम्बर १ बाँकेका सभापति पोषण केसीको सभापतित्वमा भएको संवाद कार्यक्रममा केन्द्रीय सदस्य मधु आचार्य, प्रकाश स्नेही, कांग्रेस बाँकेका कार्यबहाक सभापति गोपालप्रसाद अधिकारी लगायत नेता कार्यकर्ताको उपस्थिति थियो ।

महामन्त्री थापाले त्यस अघि सिक्टा सिंचाई आयोजनाको अवलोकन गर्नुभएको थियो । उहाँले अगैयास्थित हेडवक्र्सको अवलोकन गर्नु भयो । सिक्टाको कार्यप्रगति र समस्याबारे आयोजना प्रमुख देवराज निरौलाले जानकारी गराउनुभएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार