मुख्य समाचार
निरजला–शुसिला स्मृति अक्षयकोषद्वारा छात्रा शिक्षामा निरन्तर सहयोग | विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न |

मेडिकल कलेजमा कर्मचारीहरुले लगाए प्रशासनिक कक्षमा ताला

महमूद आलम खान 1133+ समाचार ( )
सात बुँदे माग राखेर उनीहरु हिंजोदेखि आन्दोलनमा उत्रिएका हुन्
२ कार्तिक २०७८, मङ्गलबार

बाँके । विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारीले आज प्रवन्ध सञ्चालक अफिस, प्रशासनिक, लेखा, नर्सिङ प्रशासन, कक्षमा तालाबन्दी गरेका छन् । 

तलव वृद्धि, लगायतका विभिन्न सात बुँदे माग राखेर उनीहरु हिंजोदेखि आन्दोलनमा उत्रिएका हुन् । कर्मचारी संगठन, कर्मचारी संघ र नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियनको संयुक्त आन्दोलनरत कर्मचारीहरुले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । 

तलवभत्ता वृद्धि हुनुपर्ने, दरवन्दी सिर्जना, पदपूर्ति र बढुवा हुनुपर्ने, अवकाश, उपदान, बीमा, सामाजिक सुरक्षा कोषलाई व्यवस्थित र प्रभावकारी गराइनु पर्नेलगायतका माग उनीहरुको छ । 

आन्दोलन परिचालन समितिका सहसंयोजक मुनिर खाँले पर्सिसम्म आफ्ना माग सम्वोधन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी दिनुभयो । 

जोखिम र फर्मालिन भत्तालाई दुई सयबाट वृद्धि गरी पाँच सय गरिनु पर्ने उहाँको माग छ । कोरोनाको महामारीमा आफ्नो ज्यानको बाजी राखेर स्वास्थ्यकर्मीहरु खटिए खानले बताउनुभयो । 

कोरोना महामारीको समयमा कर्मचारीहरुले जोखिम मोलेर काम गरेपनि अहिलेसम्म भत्ता पाएका छैनन् । सरकारले निर्धारण गरेको जोखिम भत्ता पाउनु पर्यो । रात्री कालिन समयमा नाइट ड्युटी गर्ने कर्मचारीले खाजा नास्ता स्वरुप अहिले एक सय ५० रुपैयाँ पाउँदै आएका छन् उक्त रकम समयानुकूल वृद्धि हुनुपर्छ उहाँले भन्नुभयो । 

 इन्चार्ज, लेखा र प्राविधिक भत्ता वृद्धि गरी दुई हजार बनाउनु पर्छ । आवास तथा यातायात सुविधा नपाएका कर्मचारीलाई प्रतिमहिना दुई हजारका दरले आवास तथा यातायात सुविधा दिनु पर्छ भन्ने माग छ उहाँले भन्नुभयो ।

विगत ५ वर्षदेखि तलव भत्ता वृद्धि नभएको बताउदै शिक्षण अस्पताल नेपालगन्जका आन्दोलन कमिटीका संयोजक मुस्लिम खानले कर्मचारीहरुका जायज मागहरु व्यवस्थापन पक्षले सम्बोधन गर्नुपर्ने उहाँको भनाइ रहेको छ । आज शिक्षण अस्पताल कोहलपुर, बेसिक साइन्स चिसापानी, शिक्षण अस्पताल नेपालगन्जमा एकैपटक प्रशासनिक, नर्सिङ प्रशासन लगायतको ठाउँहरुमा ताला लगाएको आन्दोलन कमिटीका केन्द्रीय मुल कमिटीका सह संयोजक मुनिर खानले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार