मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

पुर्व मन्त्री एवं सांसद खानद्वारा बर्दियाका १०७ जना छात्रालाई शैक्षिक सामग्री प्रदान

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
२१ श्रावण २०८१, सोमबार

बर्दिया  । बर्दियाको गुलरियामा जनमत पार्टीले आयोजना गरेको एक कार्यक्रमका बिच दश बिधालयका १०७ जना दलित तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं बर्दिया १ का सांसद अब्दुल खानले जिल्लाको १० वटा बिधालयका १०७ जना छात्राहरुलाई शैक्षिक सामग्री वितरण गरेक थिए ।

आर्थिक अवस्था कमजोर रहेका दलित तथा विपन्न परिवारका बालबालिकालाई शिक्षाप्रति आकर्षित गर्ने उद्देश्यसहित यस प्रकारको सहयोग प्रदान गरिएको सांसद एवं पुर्व खाने पानी मन्त्री खानले बताए । उनले भने भने, १ लाख २८ हजार ४ सय रुपैयाँ बराबरको शैक्षिक सामग्री प्रदान गरिएको बताउदै आउने दिनमा बिधार्थीका लागि बिशेष योजना निर्माण गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रममा सहभागी बिधार्थीहरुले गित मार्फत स्वागत संगै शैक्षिक सामग्री प्रदान गरेको भन्दै धन्यवाद दिएका थिए ।  कार्यक्रममा जनमत पार्टीका नेताहरु, बालिकाहरु लगायको सहभागी रहेको पुर्व मन्त्री खानका निजि सचिव इन्जिनियर अतिउल्लाह मुसलमानले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार