मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

चन्दननाथ नगरपालिकाले खोप अभियानलाई तिब्रता दिने

महमूद आलम खान 1132+ समाचार ( )
चन्दननाथ नगरपालिका जुम्लालाई कोभिड १९ पूर्ण खोप युक्त पालिका घोषणा गर्न खोप अभियानलाई तिब्रता दिइनेभएको छ ।
१२ पौष २०७८, सोमबार

जुम्ला । चन्दननाथ नगरपालिका जुम्लालाई कोभिड १९ पूर्ण खोप युक्त पालिका घोषणा गर्न खोप अभियानलाई तिब्रता दिइनेभएको छ । 

चन्दननाथ नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत क्षेत्र बहादुर बुढ्थापासँगको भेटघाट तथा छलफलको क्रममा कोभिड १९ बिरुद्धको खोप लगाउन छुटेका सबै नागरीकहरुलाई खोप लगाउन अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ । हाल सम्मको प्रगति आकलन गरि छुटेका ब्यक्तिहरुलाई सहज रुपमा खोप लगाउनेगरी तयारी गर्ने निमित्त प्रमुख प्रशासकिय अधिृकत क्षेत्र बहादुर बुढ्थापाले जनाएका छन् ।

नगरपालिकाले सञ्चालन गर्ने शत प्रतिशत अभियानलाई प्रभावकारि बनाउन आवश्यकता अनुसार युवाहरु परिचालन गर्ने समेत छलफलले निष्कर्ष निकालेको छ । छलफलको क्रममा युनिसेफ नेपालका कार्यक्रम अधिकृत प्रकाश आचार्यले नगरपालिकाले सञ्चालन गर्ने अभियानमा स्वयम् सेवक परिचालन व्यवहारका लागि सञ्चार कार्यक्रम अन्तरगत गर्ने जनाए ।

कोभिड १९ बिरुद्ध खोप सञ्चालन गर्ने, कोभिड १९ को नयाँ भेरीयन्ट ओमिक्रोनको सक्रमण बिरुद्ध सचेतना अन्तरगत प्रचार प्रसार तथा मास्क अभियान सञ्चालन गर्ने लगायतका बिषयमा छलफल गरिएको थियो । 

यसरी भएको छलफलमा चन्दननाथ नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत क्षेत्र बहादुर बुढाथापा, स्वास्थ्य शाखा प्रमुख पृथबी नाथ योगी, शिक्षा शाखा प्रमुख खडानन्द चौलागाई, महिला तथा वालवालिका शाखा प्रमुख पुष्पा थापा, युनिसेफ नेपालका कार्यक्रम अधिकृत प्रकाश आचार्य, बासका कार्यक्रम संयोजक हेमराज भट्ट, कार्यक्रम अधिकृत धिरेन्द्र बहादुर भाम लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार