मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

पत्रकार खानसहित सातजना भारतको लखनउमा सम्मानित

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
१४ पौष २०८२, सोमबार

नेपालगन्ज। गोरखापत्रका नेपालगन्ज समाचारदाता सिराज खानसहित नेपालका सातजना वरिष्ठ साहित्यकार र पत्रकारलाई भारतको लखनउमा सम्मान गरिएको छ ।

‘बज्म ए पैकर हापुडी लखनउ’ नामक संस्थाले भारत उत्तर प्रदेशको राजधानी लखनउमा आइतबार आयोजना गरेको अन्तर्राष्ट्रिय मुशायरा, कवि सम्मेलन र स्रष्टा सम्मान कार्यक्रममा उहाँहरुलाई सम्मान गरिएको हो ।

पत्रकारितामार्फत नेपाल र भारतको साहित्यको विकासमा लामो समयसम्म अहम भूमिका निर्वाह गरेको भन्दै गोरखापत्रका नेपालगन्ज समाचारदाता खानलाई भारतका वरिष्ठ साहित्यकार स्वर्गीय शरार बिलरामीको नाममा रहेको ‘शरार बिलरामी’ सम्मानबाट सम्मानित गरियो ।  

सोही सम्मानबाट बाँकेका वरिष्ठ साहित्यकारहरु प्रगतिशील लेखक सङ्घ नेपालका केन्द्रीय सचिव डा. हरिप्रसाद तिमिल्सिना, भेरी साहित्य समाजका केन्द्रीय कोषाध्यक्ष डा. राजकुमार थारू, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष डा. पुष्कर रिजाल, कल्पना फाउन्डेसनका कल्पना पौडेल जिज्ञासु र ऋषिराम सापकोटा तथा पूर्णतारा फाउन्डेसनकी अध्यक्ष तारा रोकायालाई पनि सम्मानित गरियो ।

‘बज्म ए पैकर हापुडी लखनउ’ का संस्थापक अतिक कासगन्जवी, भारतीय सांस्कृतिक सहयोग एवम् मैत्री सङ्घ उत्तर प्रदेशका अध्यक्ष शारिक रब्बानी र प्रमुख अतिथि लेखक सङ्घ नेपालका केन्द्रीय सचिव डा. हरिप्रसाद तिमिल्सिनाले सम्मानितहरुलाई सम्मान पत्र, पदक र भारतीय झण्डाको प्रतीक प्रदान गरेर सम्मानित गर्नुभयो ।

सो अवसरमा बोल्दै केन्द्रीय सचिव डा. तिमिल्सिनाले नेपाल र भारतको सम्बन्धलाई जनस्तरबाट झन् प्रगाढ बनाउन दुबै देशका साहित्यकारहरु निरन्तर क्रियाशील रहेको बताउनुभयो ।

उहाँले केही समयमै नेपालमा पनि कार्यक्रम राखेर भारतीय साहित्यकाहरुको सम्मान गरिने बताउनुभयो ।  

कार्यक्रममा भारतीय सांस्कृतिक सहयोग एवं मैत्री सङ्घ उत्तर प्रदेशका अध्यक्ष शारिक रब्बानीले नेपाल भारतको सम्बन्धलाई साहित्य र संस्कृतिले झनै प्रगाढ बनाउँदै लगेको बताउनुभयो ।

सो अवसरमा नेपाल र भारतका विभिन्न ठाउँबाट कार्यक्रममा सहभागी हुनुभएका ४० बढी साहित्यकार, शायर र कविले आ–आफ्नो रचना वाचन गर्नुभएको थियो ।

कार्यक्रममा मिसेज युनिभर्स २०१९ डा. निमा पन्त, बज्म ए पैकर हापुडी लखनउ की अध्यक्ष डा. कुसुम चौधरी र रुबरु फाउन्डेसनका संस्थापक अध्यक्ष इरशाद राहीको विशेष उपस्थिति थियो ।

कार्यक्रममा सम्मानित हुनुभएका वरिष्ठ साहित्यकार र पत्रकारहरुलाई ‘शरार बिलरामी सम्मान’ र ‘डा. इबरत सम्मान’ बाट सम्मानित गरिएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार