मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

राप्ती नदीमा पानीको सतह बढ्दै , सर्तकता अपनाउन नेपाल प्रहरी माइकिङ गर्दै

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
२१ श्रावण २०८२, मङ्गलबार

बाँके । अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतह बढ्दै गएको छ। बाढीको सर्तकता अपनाउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक रामप्रसाद घर्तिमगरले बताउनु भयो । ‘वर्षा भईरहेको हुँदा राप्ती नदीमा पानीको सतह बढिरहेको छ,’ उहाँले भन्नुभयो‘बाढी प्रभावित क्षेत्रमा सर्तकता अपनाउन र खटिनका लागि तयारी अवस्थामा रहन हाम्रो प्रहरी युनिटलाई खबर गरिसकेका छौं।’

रातिबाट नदी क्रमिक रुपले बढ्दै गएको राप्ती सोनारी गाउँपालिका वडा नं ७ का अध्यक्ष रामलखन थारुले जानकारी दिनु भयो ।

राप्ती नदीको बाढी तल्लो तटिय क्षेत्र जोखिममा रहेकोले सतर्कता अपनाउन आग्रह गर्नु भयो । 

राप्ती सोनारी जलमापन केन्द्रका अनुसार अहिले राप्ती नदीले चेतावनी तह चार मिटर ७० सेन्टिमिटर पार गरेर चार मिटर ८६ सेन्टिमिटर पुगेकोले जोखिम हुन सक्ने भएकोले सबैलाई अलर्ट रहन आग्रह गरिएको छ।

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले पानीको सतह बढेपछि नदीको वरिपरिका सबै गाउँ बस्तीमा सतर्क रहने पालिकाको विपद शाखा मार्फत सुचना पठाइएको बताउनुभयो ।

सोही प्रकारले बाँकेको कुसुम क्षेत्रमा राप्ती नदीको बाढी मापन केन्द्रमा पनि जलसतह सतर्कताको विन्दु नजिक पुग्न लागेको नरैनापुर विपत शाखा प्रमुख भरत महतोले जानकारी दिनु भयो ।

नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले बाढीबाट जोगाउनका लागि प्रहरी मार्फत माइकिङ सुरु गरिएको बताउनु भयो । 

कुसुम जलमापन केन्द्रमा ६ मिटर पार गरिसकेपछि चेतावनी दिने भएकाले अहिले त्यहाँ पानीको सतह ५ मिटर ७४ सेन्टिमिटर पुगेकाले चेतावनी तह पारगरेपछि सबै क्षेत्रमा अलर्ट जारी गरिने जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले जनाएको छ ।

भारतले अन्तर्राष्ट्रिय नियम विपरित लक्ष्मणपुर बाँध र कलकलवा तटबन्ध बनाएका कारण नदी प्राकृतिक रुपले बग्न नपाउँदा नेपाली भूभाग राप्ती नदीमा पानीको सतह बढ्दा राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाको तटीय क्षेत्रका बासिन्दा विगत धेरै वर्षदेखि बर्सेनी डुबानमा पर्दै आएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार