बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष दिपक वर्मालाई स्थानीयहरुले शनिबार एक कार्यक्रमका बिच सम्मान गरेका छन् ।
विकास निर्माणको काममा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै शनिबार औपचारिक कार्यक्रम गरि अध्यक्ष वर्मालाई सम्मान गरिएको छ । चालु आर्थिक बर्षमा तेजनगरमा वडा अध्यक्ष वर्माको पहलमा दुईवटा सडक पिसिसी भएको छ भने पक्कि नाला सहित ८० मिटर सडक कालोपत्रे सम्पन्न भएको छ भने टोलको विकासमा महत्वपूर्ण योगदान दिएको भन्दै वडाबासीहरुले सम्मान गरेका हुन् ।
टोलबासीबाट सम्मान पाएपछि वडा अध्यक्ष वर्माले वडाको पुरानो मध्येको तेजनगर टोलमा थप विकास निर्माणका योजना ल्याउन आफु प्रयासरत रहेको बताउनु भयो ।
टोल विकास समितिका अध्यक्ष सुर्य केसीले तेजनगरमा पछिल्ला वर्षमा वडा अध्यक्ष बर्माको पहलमा विकास निर्माणका योजना कार्यान्वयन हुन थालेपछि टोलबासी उत्साहित हुदै अध्यक्ष बर्मा सहित जनप्रतिनिधिहरुलाई सम्मान गरेको बताउनु भयो । कार्यक्रममा वडा सदस्य दिग्विजय ढुंगाना लगायतको सहभागिता रहेको थियो । वडा अध्यक्ष वर्माले आफ्नो वडालाई नमुना वडा बनाउने अभियानमा लागि परेका छन् ।