मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

महेन्द्र माध्यमिक विद्यालयमा डाक्टर कर्णको नेतृत्वमा वृक्षारोपण

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
अन्य वडाहरुसंग समन्वय गरि वृक्षारोपण गरिने अभियान रहेको डाक्टर बिनोद कर्णले जानकारी दिनु भयो
११ असार २०७९, शनिबार

गगन पौडेल

नेपालगन्ज । महेन्द्र माध्यामिक विद्यालय नेपालगन्जको प्राङ्गणमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । क्लिन नेपालगन्ज ग्रीन नेपालगन्जको अगुवाई तथा महेन्द्र मावि र वडा नं ७ को समन्वयमा विद्यालय परिसरमा बिभिन्न जातीका फुलजन्य बिरुवा लगाइएको हो। 

वृक्षारोपण कार्यक्रममा क्लिन नेपालगञ्ज ग्रीन नेपालगन्जका संयोजक तथा वरिष्ठ प्लास्टिक सर्जन डा विनोद कर्ण, हरित अभियन्ता एवं कपास विकास समितिका अध्यक्ष हेमन्त राज काफ्ले, राजनितिक विश्लेषक विष्णु प्रसाद पोख्रेल वार्ड नं ७ का वार्ड अध्यक्ष प्रशांत श्रेष्ठ, बिद्यालय प्रधानाध्यापक राजेश कुमार यादव, जेसी चिरञ्जीवी गौतम, नेपालगन्ज ग्यालेरीका एडमिन महेश श्रेष्ठ, होटल व्यवसायी आरसी पोखरेल, पर्यटन व्यवसायी काशिम सिद्दिकी, जनप्रतिनिधि महिला सदस्य कल्पना नेपाली, व्यवसायी सुजित सिंह सिजापती लगायत व्यक्तित्वहरुले वृक्षारोपण गर्नुभएको छ । 

उक्त कार्यक्रममा गुलमोहर, निम, कपुर, पारिजात, अमला, छतिवन आदि फुलका बिरुवा रोपिएको छ । वृक्षारोपण कार्य पर्यावरणको दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण र सामाजिक मान्यतामा पवित्र कार्य भएको मानिन्छ । अभियन्ता हरुले वृक्षरोपण पश्चात संरक्षणमा सबैको ध्यान जानुपर्नेमा जोड दिएका छन। महेन्द्र माविका प्रिन्सिपलले आफ्नो विद्यालयमा वृक्षारोपण कार्यक्रम गरिएकोमा सोको संरक्षणमा ध्यान दिने प्रतिबद्धता व्यक्त गर्दै सबै अभियन्तालाई धन्यवाद दिनुभएको थियो ।

आगामी हप्ताहरुमा अन्य वडाहरुसंग समन्वय गरि वृक्षारोपण गरिने अभियान रहेको डाक्टर बिनोद कर्णले जानकारी दिनु भयो । वडा अध्यक्ष प्रशान्त श्रेष्ठले वृक्षारोपण कार्यक्रमबाट आफू निकै प्रभावित भएको र यस्ता कार्यक्रम नगरका अन्य वडामा पनि गर्न जरुरी रहेकोले समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार