मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

नेपालगन्जमा प्रादेशिक महोत्सव हुने

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
५ कार्तिक २०८१, सोमबार

बाँके । पश्चिम नेपालको आर्थिक क्षेत्रको विकास, विस्तार र संरक्षण गर्ने उद्देश्यले नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले आगामी पुस महिनामा ‘प्रादेशिक महोत्सव २०८१’ आयोजना गर्ने तयारी गरेको छ। महोत्सव २०८१ पुस ४ गतेदेखि पुस १६ गतेसम्म नेपालगञ्ज उपमहानगरपालिका–१८ स्थित सडक डिभिजन कार्यालय परिसरमा हुनेछ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले लामो समयदेखि पश्चिम नेपालको उद्योग, व्यापार, कृषि, जडीबुटी, पर्यटन र संस्कृतिको प्रवर्द्धनमा योगदान पुर्‍याउँदै आएको छ। सङ्घले साढे दुई दशकदेखि निरन्तर रूपमा व्यापार र औद्योगिक मेला आयोजना गर्दै आएको छ। यसपटकको महोत्सवले पश्चिम नेपालको उद्योगी र व्यवसायीलाई नयाँ ऊर्जा दिने विश्वास गरिएको छ। ‘उद्योग, व्यापार, कृषि, जडीबुटी र पर्यटन, व्यवसायीक उद्यमशाला तथा कला संस्कृतिको प्रवर्द्धन’ भन्ने नारासहित आयोजना हुन लागेको महोत्सवले स्थानीय, स्वदेशी र अन्तर्राष्ट्रिय स्तरका उत्पादक तथा व्यवसायीहरूलाई एउटै मञ्चमा ल्याउने संघका महासचिव भिम रानाभाटले जानकारी दिनुभयो ।

यस महोत्सवमा लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका उद्योगी, व्यवसायीहरू पनि सहभागी हुनेछन्। महोत्सवमा ३०० भन्दा बढी स्टल राखिने छ । जसमा नेपालका विभिन्न औद्योगिक, व्यापारिक प्रतिष्ठानहरूका साथै छिमेकी देशका प्रतिष्ठानहरूको पनि सहभागिता रहनेछ। महोत्सवको तीन लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ।

महोत्सवमा सरकारी तथा गैह्र सरकारी सङ्घसंस्थाहरू, बैङ्क तथा वित्तीय संस्था, बिमा कम्पनी, संस्कृतिकर्मी, राजनीतिक दलहरू, नागरिक समाज, पत्रकार र आम नागरिकहरूको विशेष सहभागिता रहने अध्यक्ष टंक धामीले बताउनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार