मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

नरैनापुर गाउँपालिकाको सामुदायिक विद्यालयहरुमा डिजिटल बोर्ड जडान

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
पछिल्ला प्रविधिको उपयोग गर्दै विद्यालय शिक्षण सिकाइलाई उपलब्धिमूलक बनाउन भन्दै डिजिटल बोर्ड जडान गरिएको हो ।
१४ वैशाख २०८०, बिहीबार

नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिकाका सामुदायिक विद्यालयहरुमा प्रविधिमैत्री बनाउन डिजिटल बोर्ड (स्माट बोर्ड) जडान गरिएको छ । पछिल्ला प्रविधिको उपयोग गर्दै विद्यालय शिक्षण सिकाइलाई उपलब्धिमूलक बनाउन भन्दै डिजिटल बोर्ड जडान गरिएको हो ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले वडा नम्बर ५, जमुनाहमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा जिडिटल बोर्डको उद्घाटन गरे ।

उद्घाटन गर्दै शाहले प्रविधिको प्रयोग गरी शिक्षाको गुणस्तरमा गुणात्मक बृद्धि गर्ने उद्देश्यले हाल एक विद्यालयमा डिजिटल बोर्ड जडान गरिएको बताए ।

पाठ्यपुस्तक अनुसार नै डिजिटल बोर्डबाट पढाई हुनेछ । ‘हामिले शिक्षालाई प्रविधिसँग जोडेर अगाडि बढ्ने प्रयास गरेका छौं, शाहले भने, यसबाट शिक्षाको गुणस्तर कायम हुने लक्ष्य लिएका छौं ।’ ‘हाल नेराआविमा एउटा डिजिटल बोर्ड उपलब्ध गराइएको छ,’ शाहले थपे, ‘नरैनापुर गाउँपालिकाका २१ वटा सामुदायिक विद्यालयमा डिजिटल बोर्डको प्रयोग हुनेछ ।’ सुरुमा यसको प्रभाव हेरेर मात्र थप सबै कक्षा कोठामा डिजिटल बोर्डको व्यवस्था गर्ने योजना रहेको नरैनापुर गाउँपालिकाका अध्यक्ष शाहले बताए ।

यस्तै नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले डिजिटल बोर्ड करिब ६ लाख ५० हजारमा खरिद गरेको बताए । ‘गाउँपालिकाले सबैभन्दा बढि शिक्षामा लगानी गरेको छ’, उनले भने, ‘आगामी दिनहरुमा सबै विद्यालयमा डिजिटल बोर्डको माध्यमबाट अध्यापन हुनेछ ।’ पछिल्लो प्रविधिलाई डिजिटल बार्डको माध्यमबाट अध्यापन गराउँदा विद्यार्थीहरु आकर्षित हुने र शिक्षाको उपलब्धि बृद्धि हुने नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खरालले बताए ।

यस्तै नरैनापुर गाउँपालिकाका गाउँ शिक्षा शाखाका प्रमुख कृष्ण कुमार थारुले बार्षिक क्यालेन्डर र बार्षिक कार्यतालिका सबै विद्यालयमा पठाईसकेको र आगामी बैशाख १५ गतेबाट अध्यापन सुरु हुने बताए ।

यस्तै नेपाल राष्ट्रिय आधारभूत विद्यालयका सज्जाक खाँले परम्परागत बोर्डमा लेखेर पठन पाठन हुने विद्यालयमा डिजिटल बोर्ड जडान भएपछि पढाईमा विद्यार्थीहरुको आकर्षण बढ्ने बताए । ‘डिजिटल बोर्डका माध्यमबाट पठन पाठन गराउन सजिलो हुनेछ,’ ‘पढाउँदा पढाउँदै कुनै ठाउँमा अस्पस्ट भएमा तुरुन्तै इन्टरनेटको मद्धतबाट खोजेर त्यस बारे विद्यार्थीलाई सजिलै जानकारी गराउन सकिनेछ,’ खाँले भने ।

यस्तै कार्यक्रममा नरैनापुर गाउँपालिका वडा नं २ का वडा अध्यक्ष मसुद अहमद शाह, लेखापाल प्रकाश अधिकारी, नरैनापुर गाउँपालिकाका प्रमुख इस्तियाक अहमत शाहका प्रमुख स्वकिय सचिव ब्रिजेन्द्र कुमार यादव, विद्यार्थी, अभिभावक, बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार