मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

नेपाल विश्वका शक्ति राष्ट्रहरूको चलखेलको केन्द्र बन्ने खतरा- कमल थापा

महमूद आलम खान 1133+ समाचार ( )
पूर्व परराष्ट्रमन्त्री समेत रहनु भएका अध्यक्ष थापाले एमसीसी संसद्बाट पारित गराउने बेलामा नेपालमाथि शक्ति राष्ट्रहरूले दबाब र प्रभाव दिएको उल्लेख गर्दै उनीहरूकै चलखेलको केन्द्र बन्ने खतरा बढेर गएको बताएका हुन् ।
२१ फाल्गुन २०७८, शनिबार

काठमाडौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाल विश्वका शक्ति राष्ट्रहरूको चलखेलको केन्द्र बन्ने खतरा बढेर गएको बताएका छन् । पूर्व परराष्ट्रमन्त्री समेत रहनु भएका अध्यक्ष थापाले एमसीसी संसद्बाट पारित गराउने बेलामा नेपालमाथि शक्ति राष्ट्रहरूले दबाब र प्रभाव दिएको उल्लेख गर्दै उनीहरूकै चलखेलको केन्द्र बन्ने खतरा बढेर गएको बताएका हुन् । 

राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन, नेपालको शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एससीसी छिटो पास गर भनेर अमेरिकाले दबाब दिएको र चीनले रोक्नका लागि प्रयास गरेको भन्दै त्यसले नेपाल डरलाग्दो गरी शक्ति राष्ट्रहरूको चलखेलको केन्द्र बन्न सक्ने देखिएको स्पष्ट पारे । 

उनले भने,  ‘सबैभन्दा डर लाग्ने र खतरा कुरा के भने नेपाल बिस्तारै विश्व महाशक्तिको चलखेलको केन्द्र बन्न लागेको स्पष्ट हुन्छ । यही एमसीसीको कुरा गर्दा अमेरिकी पदाधिकारीहरू भन्छन्–चाँडोभन्दा चाँडो निर्णय गर, नभए खारेज गर्छौँ । चीनका पदाधिकारीहरू भन्छन्–जबरजस्ती अनुदान दिनु हुँदैन । नेपालले अनुदान लिने वा नलिने भन्ने कुरा हामीले निर्णय गर्ने कुरा हो । देशलाई हित हुन्छ भने लिन्छौँ, हुँदैन भने हामी लिँदैनौँ । तर विदेशी शक्तिको दबाब र प्रभाव हाम्रो राजनीतिक दलका नेताहरूलाई परिरहेको छ । यसले नेपालको स्वतन्त्र अस्तित्व र सार्वभौमिकतामाथि पनि गम्भीर प्रश्न खडा भएको छ ।’ अध्यक्ष नेपालले विदेशी सहायता लिने÷नलिने निर्णय लिने काम नेपालकै भए पनि त्यसमाथि शक्ति राष्ट्रहरूले हस्तक्षेप गरिरहेको बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार