मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

बाँकेमा कार्यरत सहायक वन अधिकृत पार्धेविरुद्ध भ्रष्टाचार मुद्दा दायर

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
२९ फाल्गुन २०८०, मङ्गलबार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके सव–डिभिजन वन कार्यालय राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्धेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

आयोगका प्रवक्ता नरहरि घिमिरे काठ चिरानका लागि सिफारिस गरिदिने भन्दै सेवाग्राहीसँग सात हजार घुस लिइसकेको अवस्थामा आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिइ गएको टोलीले पार्धेलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।

पार्धेलाई भ्रष्टाचार निवारण ऐन बमोजिमको कसुरमा बिगो सात हजार कायम गरी कैद र जरिवाना सजाय हुन मागदाबी दिइ मङ्गलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको प्रवक्ता घिमिरेले बताउनुभयो । 

यसैगरी, नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएको भन्दै तनहुँस्थित बालमन्दिर माध्यमिक विद्यालयमा कार्यरत शिक्षकमाथि मुद्दा दायर गरिएको छ ।

व्यास नगरपालिकामा रहेको बालमन्दिर माध्यमिक विद्यालय मा कार्यरत शिक्षक सुनिता उपाध्याय पौडेलमाथि नक्कली प्रमाणपत्र देखाएर जागिर आएको आरोपमा मङ्गलबारै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको प्रवक्ता घिमिरेले बताउनुभयो ।

प्रवक्ता घिमिरेका अनुसार शिक्षक उपाध्यायको शैक्षिक योग्यताको प्रमाणपत्र छानबिन गर्न माग गर्दै अख्तियारको कार्यालयमा उजुरी निवेदन परेको थियो । सो निवेदनमागि अनुसन्धान हुँदा उपाध्यायले माध्यमिक शिक्षा परिषद्, क्षेत्रीय कार्यालय, वाराणसी भारतबाट उत्तरी गरेको हाईस्कुल तहको झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेशरी गरी प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको हैसियतमा लाभ लिई भ्रष्टाचार निवारण ऐन बमोजिम कसुर गरेको पुष्टि भएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार