मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

अछाममा बालबालिका र युवाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु

महमूद आलम खान 1133+ समाचार ( )
१० मंगशिर २०७८, शुक्रबार

अछाम । अछामको कमलबजार नगरपालिकामा बालबालिका र युवाहरुको सहभागितामा तिन दिने क्षमता अभिबृद्धी तालिम शुरु भएको छ । 

युनिसेफ नेपालको सहयोगमा बास नेपालद्धारा सञ्चालीत बाल संरक्षण कार्यक्रम अन्तरगत उक्त तालिम शुरु भएको हो । 

तालिमको उद्घाटन सत्रमा बोल्दै कमल बजार नगरपालिकाका उपप्रमुख भुमिशरण ढकाल बजगाईले बालबालिकाहरुको क्षमता अभिबृद्धीले लैंगिक हिंसा न्यूनिकरण हुने बताएकीछिन् । बालबालिकाहरुको अधिकार संरक्षणका लागि नगरपालिकाले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताउदै कमल बजार नगरपालिका भित्र बालक्लबहरु सक्रिय रुपमा काम गरिरहेको बताईन् । हाल नगरपालिका स्तरीय बाल क्लब संगै वडा स्तरीय क्लबहरु समेत नयाँ गठन गरिएको बताउदै बाल क्लबमा आबद्ध नयाँ बालवालिकाहरुका लागि बाल अधिकार संरक्षण, लैगिक हिंसा न्यूनीकरण र योजना तर्जुमा प्रक्रिया बिषयक तालिम निकै उपयोगी हुने बताईन् । बालबालिकाको क्षमता अभिबृद्धी तथा बाल संरक्षणको सवालमा युनिसेफ नेपालले गरिरहेको कामको प्रशंसनिय रहेको उनको भनाई थियो । तालिमको उद्घाटन सत्रमा अपेक्षा मन्तब्य राख्दै सहभागिहरुले बाल अधिकार संरक्षण, लैंगिक हिंसा न्यूनीकरण र योजना तर्जुमा प्रक्रियाका बारेमा प्रष्टता आउने बताए । 

बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सञ्चालन गरेको तालिमको उद्घाटन सत्रमा स्वागत तथा तालिमको उद्धेश्य माथि प्रकाश परियोजना संयोजक हेमराज भट्टले गरेका थिए । उद्घाटन सत्रमा कमल बजार नगरपालिकाका उपप्रमुख भुमिशरण ढकाल बजगाई, नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत खड्ग बहादुर बिष्ट, सहायक महिला बिकास निरिक्षक डम्बर ढुंगाना, नगरपालिकाका वास फोकल पर्सन पबित्रा भण्डारी लगायतको उपस्थिती रहेको थियो ।

यसैगरी तालिमको पहिलो दिन बाल अधिकार, बाल संरक्षण र बाल बिवाहका विभिन्न बिषयमा प्रशिक्षक पबित्रा भण्डारी र हेमराज भट्टले सहजिकरण गरेका थिए । तालिममा नगर स्तरीय बाल क्लब सञ्जाल र सबै वडाका वडा स्तरीय वाल क्लब संजालका पदाधिकारी र युवाहरु गरी ३२ जना को सहभागिता रहेको छ । तालिम युनिसेफ नेपालको सहयोग, बास नेपालको आयोजना र कमल बजार नगरपालिकाको सहकार्यमा भएको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार