मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

मेलमिलापकर्ताहरुका लागि नरैनापुरमा उच्च स्तरीय तालिम सम्पन्न

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
आठ बर्ष बितिसक्दा पनि नरैनापुरमा मेलमिलाप केन्द्र खुलेन
२० पौष २०८१, शनिबार

बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा मेलमिलापकर्ताहरूका लागि उच्च स्तरीय तालिम सम्पन्न भएको छ । नरैनापुर गाउँपालिकाको आयोजना र जन अधिकार संरक्षण मंच, नेपालको सहकार्यमा संचालित तालिम आज शनिबार सम्पन्न भएको हो । 

तालिम गाउँपालिकाका उपाध्यक्ष जयन्ती देवी श्रीवास्तवको अध्यक्षता र गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।प्रमुख अतिथि तथा गाउँपालिकाका अध्यक्ष शाहले मेलमिलापकर्ताहरूको क्षमता विकास गर्ने कार्यक्रमहरू गर्न, वडामा मेलमिलाप केन्द्र स्थापना तथा न्यायिक समितिका लागि बजेट विनियोजन गर्ने बताउनुभयो । उहाँले मेलमिलापकर्ताहरू गाउँको विकासमा समेत सहयोग गर्ने भएकाले उनीहरूको पक्षमा गाउँपालिकाले काम गर्ने बताउनुभयो । 

तालिम समापनमा बोल्नुहुँदै उपाध्यक्ष श्रीवास्तवले यस प्रकारको तालिमले दक्ष मेलमिलापकर्ता उत्पादनमा सहयोग पुग्ने भन्दै आगामी दिनमा पनि तालिमलाई निरन्तरता दिइने बताउनुभयो ।

न्यायिक समितिका आएको उजुरीको निष्पक्ष भएर सुनुवाइ गरेको समेत श्रीवास्तवले बताउनुभयो । श्रीवास्तवले गाउँपालिकाको १ देखि ६ नम्बर वडामा मेलमिलाप केन्द्र आठ बर्ष सम्म स्थापना नहुनु चिन्ताको बिषय भएको बताउदै निकट भविष्यमा नै मेलमिलाप केन्द्र स्थापना गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । 

 त्यस अवसरमा प्रशिक्षार्थीहरूका तर्फबाट अफसर अलि मुकेरीले मेलमिलाप केन्द्र आठ बर्ष सम्म वडाहरुमा स्थापना नहुनु पालिकाको कमजोरी भएको बताउदै तत्काल गठन गर्न आग्रह गर्नु भयो ।

५० जना सहभागी भएको तालिममा प्रमुख प्रशिक्षकमा अधिवक्ता भानुभक्त रिजाल, अधिवक्ता बल बहादुर चन्द प्रशिक्षकहरूमा बरिष्ठ अधिवक्ता सुनिल श्रेष्ठ र लोक बहादुर शाहले सहजिकरण गर्नुभएको थियो । 

समापनमा मन्तव्य व्यक्त गर्दै वडा नं १ का अध्यक्ष इसाक जोलाहले सिकेका कुरा व्यवहारमा उतार्न सके मात्र तालिमको सार्थकता रहने भन्दै सिकेका कुरा व्यवहारमा उतार्न आग्रह गर्नुभएको थियो ।   

वडा नं ५ का अध्यक्ष कृष्ण मौर्यले गाउँमा मेलमिलापकर्ता तथा दक्ष जनशक्ति उत्पादन गरी न्यायिक कार्यलाई छिटो छरितो सम्पादन गर्न मेलमिलापमा जोड दिइने बताउनुभयो । 

कार्यक्रममा न्यायिक समितिमा आउने समस्याहरू , वादविवाद, मुद्दाहरू लगायतका विषयहरूमा कसरी छलफल गर्ने ?, मेलमिलापकर्ताको भूमिका, न्यायिक समिति, मेलमिलाप समितिको काम, कर्तव्य र अधिकारका विषयमा विषय विज्ञहरूले प्रशिक्षण दिनुभएको थियो । मेलमिलापका आधारभूत सिद्धान्त, महत्त्व, पारदर्शिता तथा गोपनीयताको बारेमा प्रस्ट पारिएको तालिममा फिराद लेखन, प्रहरी , प्रकाशन र अदालतको काम लगायत विषयमा जानकारी गराइएको गाउँपालिकाका सुचना अधिकारी लक्ष्मीकान्त मिश्रले जानकारी दिनु भयो । समापन कार्यक्रममा नरैनापुर गाउँपालिकाका प्रेस बिज्ञ आलम खान, योजना शाखा प्रमुख प्रकाश अधिकारी, कृषि शाखा प्रमुख सदन भण्डारी, पशु शाखा प्रमुख जगतराम यादव र वडा नं २ का वडा सदस्य मोहम्मद अहमद खाँ लगायतको सहभागिता रहेको थियो भने सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार