मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

गोलभेंडामा लाग्ने पछौटे डढुवा रोग र यसको समाधान

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
२५ मंगशिर २०८०, सोमबार

रोगको परिचय 

 पछौटे डढुवा रोग गोलभेंडा, आलु, खुर्सानी, भाण्टा आदी बालीमा लाग्ने गर्दछ। यो रोगको कारक फाइटोप्थोरा इन्फेस्टेन्स नामक परजीव हो ।यो रोग युरोप तिर आलुमा आक्रमण गर्दा सन् १८४५–१८४९ सम्म भोकमरि भएको थियो जहाँ आलु मुख्य खाद्य वस्तु थियो जसले गर्दा २ मिलिएन मानिसहरु मरे र धेरै खान नपाएर अपाङ्ग र रोगी भए र धेरैले खान नपाएर दक्षिण अमेरिका तिर ब बसाईसराई नै गरे । 

रोगको लक्षण

सुरु –सुरुमा तल्लो पातका किनारमा भिजेको जस्तो दाग देखा पर्छन् । जुन हल्का हरियो रंगको हुन्छ र केही दिन भित्रै यि दागहरु खैरो वा हल्का कालो रंगमा बद्लिएर जान्छन् । बिहान पख वा वादल लागेको अवस्थामा पातको तल्लो सतहमा हेरियो भने कपासका त्यान्द्रा जस्ता मसिना भुवादार ढुसीहरु आखाले सजिलै देख्न सकिन्छ । मौसम अनुकुल हुदै गएमा ढुसीको व्यापक बृद्धि हुदै जान्छ , जस्ले गर्दा डाँठहरुमा र फलमा आक्रमण गरी खैरो वा कालो दागहरु बढ्दै जान्छन् । अन्त्यमा छिटै पुरै बोटहरुलाई डढाएर मारि दिन्छ । यस्ता रोग लागेको दानालाई विचमा काटेर हेर्दा भित्रकोगुदी खैरो देखिन्छ । पात र डाठमा विकास भएका ढुसीहरु माटोमा झर्छ र गोलभेंडाको बोटलाई आक्रमण गर्छ ।

रोगको श्रोत र फैलिने वातावरण

माटो, बीउ र हावामा रहेको ढुसीहरु नै रोगका मुख्य श्रोतहरु हुन् । खेतीवारीका छेउछाउमा फ्याकेका गोलभेंडाका बोटहरु, झारपातका ढुटाहरु, रोग ग्रस्त बिउहरु यस रोगका श्रोतहरु हुन् । राती धेरै सित पर्ने, दिउसो बादल लाग्ने, सिमसिम वर्षा भई वातावरणको तापक्रम २०–३० डिग्री सेल्सीएस र आद्रता ८५–९५% रहेको अवस्थामा यो रोग तिब्र रुपमा फैलिदै जान्छ र केही दिन भित्रै (७–१० दिन) गोलभेंडाको पुरै खेत डढेलो लागेको जस्तो देखिन्छ ।

रोगको व्यवस्थापन

–स्वस्थ्य बीउ रोप्ने

–रोग लागेको पात, डाँठ, फल र विरुवा अवशेष हटाउने वा जलाउने

–विरुवा रोप्ने समय, स्थान र मौसम अनुसार रोग अनुकुल वातावरण छल्न केही छिटो वा ढिलो गरी मिलाउने

–सन्तुलित मलखादको प्रयोग गर्ने

–वाली चक्र अपनाउने (आलु, भाण्टा, खुर्सानी वाहेक)

–ट्राईकोडर्मा जैविक विषादी प्रयोग गर्ने

–रोग सुरु हुने वेला देखि कपर भएको ढुसी नाशक विषादी जस्तै थाईडियाजोल कपर, कपर अक्सिक्लोराइड, कपर हाइड्रोअक्साइड २ ग्राम प्रति लिटर पानीमा मिसाई ७–१० दिनको फरकमा ३–४ पटक बोट राम्ररी भिज्ने गरी छकर्ने अथवा

–क्लोरोथालोनिल ७५% डब्लु.पि. (प्रोटेक्टर जेड.एन., डिफेन्स, प्लान्ट गर्डा) अथवा प्रोपोनीव ७०% डब्लु.पि. २ ग्राम प्रति लिटर पानीमा मिसाई छकर्ने

–म्यानकोजेव ६४% साईमोक्जानिल ८% डब्लु.पि. (किङ्गमिल ७२%, सीमोनील) वा मेटाल्याक्जेल म्यानकोजेव ६४% (किङ्गमिल एम.जेड, अनुमील) २ ग्राम प्रति लिटर पानिमा मिसाएर छकर्ने

–डाईमेथोमर्फ ५०% डब्लु.पि. (किङ्गस्टिभल, एन–व्याट, रीयल व्याट) वा फेनामाइडन १०% म्यानकोजेव ५०% डब्लु.पि (सेक्टीन, के–टीन) २ ग्राम प्रति लिटर पानिमा पानिमा मिसाएर छकर्ने ।

लेखक: इस्तखार अंसारी, कृषि विध्यार्थी, सुदूरपश्चिम विश्ववि्यालय, कृषि विज्ञान संकाय, टिकापुर, कैलाली।

प्रतिक्रिया

Ranjit kumar suman २५ मंगशिर २०८०, सोमबार

Thank for the information

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार