मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

रमजानलाई बिदाइ गर्दै मुस्लिमहरुले धुमधाम संग मनाए सबेकद्र

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
२५ चैत्र २०८०, आइतबार

बाँके । इस्लाम धर्मावलम्बीहरुको एकमहिने रमजान ‘रोजा’ (व्रत) सुरु भएको २७ औँ रातमा मुस्लिमहरु मस्जिदहरुमा जम्मा भएर प्रार्थना गरेर धुमधामका साथ सबेकद्र मनाएका छन् । 

हिजरी (उर्दू) संवतको ‘सवान’ महिना अन्त्य हुनुसँगै चन्द्रमा देखिएपछि सुरु भएको रमजान सम्पन्न हुन ३ दिन बाँकी रहेका बेला मुस्लिमहरुले आफनो पापहरुको क्षमा माग्दै रात भरी नेपालगंज स्थित फैजाने मदिनामा जाग्राम बसेर प्राथना गरेको मुस्लिम कानूनका ज्ञाता फजल हकले बताउनु भयो । 

उहाँले भन्नुभयो, सबेकद्र भन्नाले त्यो रात हो जुन हजारौ रातहरु भन्दा बढी उत्तम र महत्वपूर्ण मानिन्छ । त्यो रात रमजान महिनाको अन्तिम दश दिन भित्रै पर्दछ । रमजानको छब्बिसौं रोजाको समाप्तिसँगै रातमा सबेकदर मनाइने गरेको बताउनु भयो । 

उहाँले भन्नुभयो, यसै रातका दिन अल्लाहले फरिस्ता जिब्राइलमार्फत् अन्तिम सन्देष्टा मुहम्मद सल्लल्लाहो अलैहिस सलाममाथि पवित्र धर्म ग्रन्थ कुरान अवतरित गर्नु भएको थियो । जुन सम्पूर्ण मानव जातीको मार्ग दर्शन पनि हो । जुन व्यक्तिले यस रात भर जाग्राम बसेर अल्लाहको इबादत (प्रार्थना) गर्छन् उसको सम्पूर्ण जान अन्जानमा भएका पाप अल्लाहले माफ गरिदिने विश्वास गरिन्छ । यस रातमा गरेको इबादत, पुण्य एक हजार महिनाको रातभन्दा पनि उत्तम रहेको अर्थात ८३ वर्ष ४ महिना बराबरको पुण्य एक रातमा प्राप्त गर्ने माध्यम सबेकद्र रहेको कुरानले प्रमाणित गरेको छ । यस सबेकद्रको रातमा बढीभन्दा बढी कुरानको पाठ गर्नु, नफ्फिल नमाज पढ्नु, दुवा गर्नु, अल्लाहसँग आफूले गरेका गल्तीको क्षमायाचना गर्नु लगायतका क्रियाकलाप गर्नु आवश्यक रहेको जिकिर गर्नु भएको थियो । 

विश्वमा शान्तिको सन्देश फैलायोस्, सम्पूर्ण जात जाति, धर्ममा मेलमिलाप, एकता र धार्मिक सद्भाव अझ बलियो र मजबुत बनाओस् । अल्लाहले सबैलाई सत्मार्गमा हिँड्ने अवसर प्रदान गरुन्, सबैलाई धेरैभन्दा धेरै पूण्यको काम गर्ने शक्ति प्रदान गरुन् साथै सम्पूर्ण मुस्लिमलाई अन्तिम सन्देष्टा मुहम्मद सल्लल्लाहो अलैहिस सलामले बिताउनु भएको जीवन पद्धति (सुन्नत) अनुसार आफ्नो जीवन व्यतित गर्ने अवसर प्राप्त गर्ने विश्वासका साथ सबेक्रद नेपालगंजमा मनाईएको धर्मगुरु गुलाम रब्बानीले बताउनु भयो । उहाँले फैजाने मदिनामा हजारौको संख्यामा मुस्लिमहरुले प्राथना गरेको जानकारी दिनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार