मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

अस्पतालका ६ जना वरिष्ठ चिकित्सकहरुलाई सह प्राध्यापकको जिम्मेवारी

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
९ मंगशिर २०८१, आइतबार

बाँके । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले भेरी अस्पतालका ६ जना वरिष्ठ चिकित्सकहरुलाई सह प्राध्यापकको जिम्मेवारी दिएको छ ।

भेरी अस्पतालमा आउने वर्षदेखि ‘पिजी’ कार्यक्रम संचालन गर्ने भएपछि प्रतिष्ठानले प्राध्यापकको जिम्मेवारी तोक्न थालेको हो । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, प्राज्ञिक परिषदको मंसिर २ गतेको बैठकले उनीहरुलाई जिम्मेवारी तोकेको जनाईएको छ ।

भेरी अस्पतालका मेडिसिन विभाग प्रमुख तथा प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डे र मेडिसिन बिभागमै कार्यरत डा. विकाश नेपाललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले सह प्राध्यापकको जिम्मेवारी दिएको हो ।

यसैगरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले भेरीकै अर्थोपेडिक विभागमा कार्यरत अर्थोपेडिक सर्जनहरु डा. तिर्थेन्द्र खड्का र डा प्रकाश थापाले पनि सह प्राध्यापकको जिम्मेवारी पाएका छन् । डा. खड्का अर्थोपेडिक विभाग प्रमुख हुन भने डा. थापा अस्पतालका पूर्व मेसु हुन ।

भेरी अस्पतालको अब्स गाईनो विभागमा कार्यरत डा. किर्तीपाल सुवेदी र रेडियोलोजी विभागका डा विश्वनाथ शर्माले समेत सो जिममेवारी पाएका छन् । भेरी अस्पतालमा एमडी–एमएस अध्ययनका लागि आउने विद्यार्थीहरुलाई उनीहरुले गाइड गर्नेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार