मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

समबेदना प्रकट गर्न जसपाका अध्यक्ष यादव शाह निवासमा

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१८ मंगशिर २०८०, सोमबार

बाँके । ठुलो दाजुको निधन पश्चात् शोकमा पर्नुभएका जनता समाजवादी पार्टीका नेता एवं नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको परिवारलाई पुर्व उपप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव उहाको घरमा पुगेर समवेदना व्यक्त गर्नुभएको छ ।

सोमबार शाहको निवास बाँकेको नरैनापुर गाउँपालिका २ गंगापुरमा पुगेर अध्यक्ष यादवले शाहको परिवारलाई समवेदन व्यक्त गर्नुभएको हो ।

अध्यक्ष यादवले शाहको ठुलो दाजु स्वर्गीय शैयद मुस्ताक अहमद शाह प्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारमा समवेदना व्यक्त गर्नुभएको हो । उहाले शोकलाई शक्तिमा बदल्न अनुरोध गर्नुभयो । जन्मपछि मृत्यु स्वभाविक रहेको जनाउँदै उहाले मृत्यु संस्कारलाई सबैले स्वीकार्नुको विकल्प नरहेको बताउनु भयो । आफ्नो अभिभावक गुमाउँद दुःख पीडा हुने तर प्रकृतिको नियम मान्नै पर्ने उल्लेख गर्नुभयो । 

शाहको निवासमा समवेदना प्रकट गर्न अध्यक्ष यादव सँगै लुम्बिनी प्रदेश सरकारका  कृषि तथा सहकारी मन्त्री भण्डारीलाल यादव लगायत पुग्नुभएको नरैनापुर गाउँपालिकाका प्रेस बिज्ञ आलम खानले जानकारी दिनु भयो ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहका ठुलो दाजु मुस्ताक अहमद शाहको गत शुक्रवार राती उपचारको क्रममा भारतको दिल्लीमा निधन भएको थियो । शाहको मृत्यु भएको एघारौं दिनका दिन शाहको निवासमा पुर्व उपप्रधानमन्त्री एवम् जसपाका अध्यक्ष सहित मन्त्रीहरु समवेदना प्रकट गर्न गएका हुन् । ७८ वर्षीय स्वर्गीय मुस्ताक अहमद शाहका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार