मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

धनगढीका ८६५ बालबालिकालाई छाता लगायतका सामग्री वितरण

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
२४ जेठ २०८१, बिहीबार

धनगढी । बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको तातो हावा परियोजना अन्तर्गत कैलालीको धनगढीस्थित दुईवटा बिद्यालयका बिद्यार्थिहरुलाई गर्मीबाट जोगाउने अत्यावश्यक सामग्री वितरण गरिएको छ । 

बिद्यालयका बालबालिकालाई अत्यधिक गर्मीबाट जोगाउन क्लबले युके एड स्टार्ट फण्डको सहयोग र कतार च्यारिटी नेपालसँगको सहकार्यमा सञ्चालन गरेको सो परियोजना अन्तर्गत धनगढीको भवानी माबि र सिद्धनाथ माबिका ८६५ बालबालिकालाई छाता, पानी पिउने बोतल, जीवन जल (ओआरएस) र ग्लुकोज पाउडर जस्ता अत्यावश्यक सामग्री वितरण गरेको छ । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्षको अध्यक्षतामा वडा अध्यक्ष, प्रधानाध्यापक, शिक्षक तथा कतार च्यारिटी र बाँके युनेस्को क्लबका प्रतिनिधिहरुको उपस्थितिमा दुवै विद्यालयका विद्यार्थीहरुलाई अत्यावश्यक सामग्री वितरण गरिएको थियो । 

कतार च्यारिटीका परियोजना संयोजक केफस महर्जनले विद्यार्थीहरूलाई गर्मीको लहरका लक्षणहरू र सुरक्षित रहन अपनाउनु पर्ने सावधानीहरूबारे सो अवसरमा बिस्तृत रुपमा जानकारी गराउनुभयो । बालबालिकाले त्यहाँ प्राप्त भएको जानकारीलाई परिवारका अन्य सदस्यहरू र साथीहरूसम्म पनि पुर्याउने प्रतिवद्धता जनाएका थिए । 

बाँके युनेस्को र कतार च्यारिटीको टोलीले दुबै विद्यालयको परिसरमा बालबालिकाको चिसो र सुरक्षित खानेपानीको सुविधा र हाइड्रेटेड हुनको लागि जडान गरिएको वाटर कुलिङ सिस्टमको पनि अवलोकन गरेको थियो ।

अत्यधिक गर्मीले मजदुरी गर्न नपाएका नगरपालिकाका ५३ विपन्न घर परिवारलाई चामल, तेल, चना, सतुवा, पीठो, चिनी र अण्डा जस्ता खाद्यवस्तुहरू बितरण गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । ती दुबै बिद्यालयमा गर्मीबाट बिद्यार्थिलाई राहतका लागि ५१ वटा सिलिंग पंखाहरु पनि जडान गरिएको उहाँले बताउनुभयो । 

सो कार्यक्रममा कतार च्यारिटिका कार्यक्रम प्रबन्धक इर्शाद शेष, परियोजना संयोजकहरु फारिस, केफस महर्जन र रचना थापा, बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधर, मुख्य संरक्षक परवेज अली सिद्दिकी, वरिष्ठ उपाध्यक्ष पञ्चम गुरुङ, कार्यकारिणी सदस्य भावकुजंग थापा, कार्यवाहक कार्यकारी निर्देशक महेश नेपाली, कार्यक्रम संयोजक साजिद अली सिद्दिकी, परियोजना अधिकृत नदीम शाह र फिल्ड सुपरभाइजर अर्पित लगायतको पनि सहभागिता रहेको थियो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार