मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

ऊर्जामन्त्री भुसालद्वारा खोकनामा नागरिक स्वाथ्य सेवा केन्द्रको शुरुआत

महमूद आलम खान 1132+ समाचार ( )
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिकाको वडा नं. २१ खोकनामा नागरिक स्वास्थ्य सेवा केन्द्र र जेष्ठ नागरिक मिलन केन्द्रको शुरुआत गर्नुभएको छ ।
२४ चैत्र २०७८, बिहीबार

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिकाको वडा नं. २१ खोकनामा नागरिक स्वास्थ्य सेवा केन्द्र र जेष्ठ नागरिक मिलन केन्द्रको शुरुआत गर्नुभएको छ । 

वडा कार्यालयले सञ्चालन गर्ने ती सेवा केन्द्रबाट अबदेखि निरन्तर वडावासीले स्वास्थ्य परीक्षण एवं अन्य आधारभूत स्वाथ्य सेवा उपलब्ध पाउनेछन् । खोकनामा आज (बिहीबार) आयोजित एक कार्यक्रममा मन्त्री भुसालले वडावासीको स्वास्थ्योपचार सुधारका लागि आवश्यक पर्ने व्यवस्था मिलाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले खोकनाबासीका लागि आवश्यक पर्ने विद्युत, सडक एवं सिँचाइका साथै अन्य आधारभूत आवश्यकताका लागि आफूले निरन्तर पहल गरिरहेको बताउँदै आगामी दिनमा जनताको आवश्यकता पूर्ति गर्नका लागि पर्ने बताउनु भयो । 

कोभिड सङ्क्रमणको महाविपत्तिको समयमा पनि वडाले जनस्वास्थ्यका विषयमा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै उहाँले नागरिकको स्वास्थ्यमा ध्यान दिएकोमा वडाका जनप्रतिनिधिलाई धन्यवाद व्यक्त गर्नुभयो । मन्त्री भुसालले भन्नुभयो, ‘तोरीको तेलले चिनिने खोकनामा तोरी पेल्ने मिल, सम्पदाको संरक्षण एवं जनताको आवश्यकता पूरा गर्नका लागि वडा सक्षम भएको छ ।’

सो अवसरमा ऊर्जामन्त्री भुसालले रुद्रायणी पञ्चताल गुठीलाई अक्षयकोषका लागि रु. पाँच लाख बराबरको सहयोग पनि हस्तान्तरण गर्नुभयो । कार्यक्रममा वडा अध्यक्ष रविन्द्र महर्जनले वडावासीलाई निरन्तर सेवा उपलब्ध गराएको र आगामी दिनमा स्वास्थ्य, शिक्षालगायत आधारभूत आवश्यकता पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार