मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

“प्रधानमन्त्री शाहको कर्मचारीलाई निर्देशन: मन्त्रीलाई होइन, स्प्रिटमा काम गरौं”

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१३ चैत्र २०८२, शुक्रबार

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पदस्थापन लगत्तै कर्मचारी नेतृत्वलाई नागरिक केन्द्रित सेवा, सुशासन र कार्यक्षमतामा केन्द्रित हुन स्पष्ट निर्देशन दिएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्री तथा मुख्यसचिव-सचिवहरूसँगको छोटो भेटमा प्रधानमन्त्री शाहले प्रशासनिक संयन्त्रले सरकारको नीति र स्प्रिटअनुसार काम गर्नुपर्नेमा जोड दिएका हुन् ।

प्रधानमन्त्री शाहले मन्त्रीहरूको भूमिका र कर्मचारी संयन्त्रबीचको कार्य सम्बन्ध स्पष्ट पार्दै “मन्त्रीहरूलाई नपढाउनुस्, उनीहरू पढेर आएका छन्, काम के गर्ने हो त्यसमा सहजीकरण गर्नुहोस्” भनेका छन् । उनले निर्णय कार्यान्वयनमा केन्द्रित हुन कर्मचारी नेतृत्वलाई निर्देशन दिएका छन् ।

नागरिक सेवा र सुशासनलाई केन्द्रमा राख्दै उनले “नागरिकलाई दिने सेवा प्रवाहमा सुधार ल्याउनु पर्‍यो, सुशासन ल्याउनु पर्‍यो” भन्दै प्रशासनको प्राथमिकता स्पष्ट गरे । साथै “नागरिक सुप्रिमेसी अर्थात् सिभिल सुप्रिमेसी हुनुपर्‍यो” भन्दै सम्पूर्ण संयन्त्र नागरिकप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिएका छन् ।

प्रधानमन्त्री शाहले कामप्रति प्रतिबद्धता नदेखाउने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै “काम गर्न मन नभएकाले जागिर छोड्नु पर्‍यो, काम गर्न मन नभएकोलाई किन पद ओगटेर बस्नु ?” भन्दै कडा सन्देश दिएका छन् ।

लोक सेवा आयोगमार्फत आएका कर्मचारी सक्षम र योग्य रहेको उल्लेख गर्दै उनले कार्यक्षमताभन्दा सेवा प्रवाहमा ध्यान दिनुपर्ने बताए । “सबै लोक सेवा नै पास गरेर आउनु भएको हो, सबैले सकिहाल्नु हुन्छ, तर जनताको काम पनि गर्नुपर्‍यो,” उनले भनेका छन् ।

कार्यसम्पादनमा कमजोरी देखिए पदमा बसिरहनु उपयुक्त नहुने स्पष्ट पार्दै प्रधानमन्त्री शाहले “यो काम गर्न सक्दैन जस्तो लाग्छ भने राजीनामा दिनुस्, अरूले काम गर्नुहुन्छ” भन्ने चेतावनी दिएका छन् ।

प्रधानमन्त्रीको छोटो, स्पष्ट र कडा निर्देशनले नयाँ सरकार प्रशासनिक सक्रियता, जन उत्तरदायित्व र नागरिकमुखी सेवा प्रवाहमा केन्द्रित हुने संकेत गरेको भन्दै कामकाजी कर्मचारीहरूमा उत्साह ल्याएको छ भने कामचोर प्रवृत्तिका कर्मचारीहरूमा उथलपुथल ल्याएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार