मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

बृहत कार्यकर्तालाई सम्बोधन गर्न कमल थापा २४ गते नेपालगन्ज आउने

महमूद आलम खान 1133+ समाचार ( )
थापालाई नेपालगन्ज एयरपोर्ट देखि नेपालगन्ज नगर परिक्रमा गराउने कार्यक्रम रहेकाे राप्रपा नेपाल बांकेका अध्यक्ष सिंहले बताए ।
२२ चैत्र २०७८, मङ्गलबार

बाँके । राप्रपा नेपालका अध्यक्ष कमल थापा सहित शीर्ष नेताहरु २४ गते विहिबार नेपालगन्ज आउने भएका छन् ।

राप्रपा नेपाल बांकेले आयोजना गरेको अगुवा कार्यकता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष थापा सहितका नेताहरु नेपालगन्ज आउने भएका हुन् ।

भेलालाई अध्यक्ष थापा सहित उपाध्यक्ष राजेन्द्र वीर राय, सहमहामन्त्री हिक्मत ढकाल, सहायक महामन्त्री खेमराज गाैतम सहितका नेताहरुले सम्बोधन गर्ने राप्रपा नेपालका बांकेका अध्यक्ष दिपेन्द्र बहादुर सिंहले जानकारी दिएका हुन् । 

भेलामा विभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता राप्रपा नेपालमा प्रवेश गर्ने तथा केन्द्रीय अध्यक्ष थापालाई नेपालगन्ज एयरपोर्ट देखि नेपालगन्ज नगर परिक्रमा गराउने कार्यक्रम रहेकाे राप्रपा नेपाल बांकेका अध्यक्ष सिंहले बताए । 

लोकतन्त्र, सनातन हिन्दुराष्ट्र, सुशासन र समृद्धिको अभियान सफल पारौँ । राप्रपा नेपाललाई देशको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाऔँ भन्ने मुल नाराका साथ मुलुकमा भ्रष्टाचार, बेथिती बढेको र राष्ट्रियता संकटमा परेकाले त्यसकोविरुद्ध स्थानीय चुनावलाई लक्षित गरी अगुवा कार्यकता भेला गरिएको राप्रपा नेपालका केन्द्रीय सदस्य श्रीधर सुवेदीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार