मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

‘पलपल मार्नुभन्दा मृत्युदण्ड देउ सरकार’

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
३२ श्रावण २०८०, बिहीबार

काठमाडौं । सर्वोच्च अदालतले ‘टीकापुर घटना’को मुद्दाको पूर्णपाठ सार्वजनिक गरेको छ । पूर्णपाठ सार्वजनिक भएसँगै नेपाली राजनीतिमा नयाँ तरंग पैदा भएको छ ।

पूर्णपाठमार्फत सर्वोच्चले उक्त घटनालाई ‘क्रुर, अमानवीय र सभ्य समाजमा सोच्नै नसकिने खालको घटना’ भनेको छ भने रेशम चौधरीको नेतृत्वमै टीकापुर घटना भएको ठहर गरेको छ ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं पूर्वसांसद रेशम चौधरीले गणतन्त्र दिवसको अवसरमा गत जेठ १४ गते राष्ट्रपतिबाट आममाफी पाएका थिए । तर, सर्वोच्चले गरेको फैसलाले रेशमले पाएको आममाफीमै प्रश्न उठेको छ ।

पूर्वसांसद रेशम यतिखेर अफ्रिका भ्रमणमा छन् । आफ्रिकाबाटै सार्वेच्चले सार्वजनिक गरेको पूर्णपाठले अत्यन्तै मर्माहत बनाएको प्रतिक्रिया दिएका छन् । उनले भने– ‘सर्वोच्चले सर्वजनिक गरेको पूर्णपाठले अत्यन्तै मर्माहत बनाएको छ । क्षतविक्षत बनाएको छ । हामीले सम्मान गरेका थियौँ, बदलामा अपमान मात्र पाउँदै आएका छौं । हामीले न्याय पाउन सकेनौं ।’

सर्वोच्चको पूर्णपाठले रेशम चौधरीलाई टीकापुर घटनाको मुख्य नेतृत्व भएको ठहर नै गरेको छ । तर, बारम्बार घटना भएको दिन आफू त्यहाँ नरहेको भन्दै आएका उनले सर्वोच्चको पूर्णपाठ पछि पनि आफू त्यस घटनाको नेतृत्वकर्ता नभएको दोहोर्याएका छन् ।

चौधरीले भने– ‘टीकापुरको आन्दोलन उत्पीडन विरुद्धको संघर्ष थियो । नागरिक स्वतः संघर्षमा उत्रेका थिए । म या अरु कसैले नेतृत्व गर्नुपर्ने वा उतार्नुपर्ने अवस्था थिएन । र, त्यो घटनाको दिन म त्यहाँ थिइनँ । म त्यहाँ नभएको अनेकौँ तथ्य र प्रमारणहरु छन् । तथ्य र प्रमाणहरुलाई अनदेखा गरेर मलाई नै दोष्ीा देखाइनुले अन्यायको सीमा नाघ्यो । यसले राम्रो परिणाम दिँदैन ।’ 

लाल आयोगको प्रतिवेदन सार्वजानिक नगरे आन्दोलन गर्ने रेशमको चेतावनी

राज्यले बारम्बार अन्याय गरेर पल पलमा मारिरहेको भन्दै चौधरीले यस्तो यातनाभन्दा मृत्युदण्ड सयौं गुणा सहज हुनेसमेत प्रतिक्रिया दिएका छन् । यो पनि पढ्नु होस रेशम चौधरीको कैद माफी संविधान विपरीत रहेको सर्वोच्चको ठहर

उनले भने– ‘अपमान र अन्यायले सीमा नाघ्यो । हामीलाई पलपलमा मारियो । यसरी अन्याय र अपमानले पलपलमा मारिनुभन्दा बरु एकैपटक मृत्युदण्ड दिएर मार्नु उचित हुन्छ । म याचना गर्छु– बरु मृत्युदण्ड दिएर मार हामीलाई, त्यो मृत्यु सहज हुनेछ ।’

कठोर संघर्ष गर्छौ

केन्यामा रहेका चौधरीले केही दिनमै पार्टीको केन्द्रीय समिति बैठक बस्ने र अन्यायविरुद्ध कठोर संघर्षको बाटो तय गर्ने प्रतिक्रिया दिएका छन् ।

उनले भने– ‘म भोलि नै स्वदेश फर्कदै छु । २–४ दिनमै केन्द्रीय समितिको बैठक बसेर कठोर संघर्षको कार्यक्रम तय गर्छौै । हामी अब सहेर बस्ने अवस्थामा छैनौं । अन्याय र अपमानले सीमा नाघ्यो ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार