मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

आगामी बजेटमा सञ्चार क्षेत्रलाई प्राथमिकता दिन महासङ्घ बाँकेको आग्रह

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१ जेठ २०८२, बुधवार

नेपालगञ्ज । नेपाल पत्रकार महासङ्घ बाँके शाखाले जिल्लाका स्थानीय तहहरूलाई आगामी आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रम र बजेटमा सञ्चार क्षेत्रलाई प्राथमिकता दिन आग्रह गरेको छ । शाखा अध्यक्ष नवीन गिरीको अध्यक्षतामा आज बसेको कार्यसमिति बैठकले सञ्चार क्षेत्रलाई नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकता दिन ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

बैठकले नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको परिपत्र अनुसार शाखाका साधारण सदस्यहरूको सदस्यता नवीकरणको लागि आह्वान गर्ने निर्णय पनि गरेको छ । वि.सं. २०८१ र २०८२ सालको सदस्यता नवीकरणका लागि २०८२ जेठ १५ गतेसम्म समय तोक्ने निर्णय गरिएको सचिव कृष्ण ओलीले जानकारी दिनुभयो ।

यसैगरी २०८२ जेठ महिनाभित्र नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिकामा सम्बन्धित पालिकासँग समन्वय र सहकार्य गरेर तालिम, अभिमुखीकरण र अन्तरक्रिया कार्यक्रम गर्ने तथा नेपालगञ्ज उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा ‘मिडिया र निजी क्षेत्र: सहकार्य र सम्बन्ध’ विषयक अन्तरक्रिया गर्ने निर्णय पनि गरिएको सचिव ओलीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

बैठकले नेपाल पत्रकार महासङ्घ बाँके शाखाका कार्यालय सहायक मेराज सल्मानीले दिनुभएको राजीनामा स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार