मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

बर्दियाको गुलरिया नगरपालिकाका थप दुई वडा पनि बालविवाहमुक्त वडा घोषित

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१४ मंगशिर २०८१, शुक्रबार

नेपालगन्ज । गुलरिया नगरपालिकाका थप दुई वटा वडालाई पनि बाल विवाहमुक्त वडा घोषणा गरिएको छ । नगरपालिकाका सबै वडाहरुलाई बालविवाहमुक्त वडा घोषणा गर्ने अभियान अन्तर्गत वडा नम्बर ३ र ११ लाई पनि बालविवाहमुक्त घोषित गरिएको हो । 

प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र बी ग्रुपको सहकार्यमा गुलरिया नगरपालिकाका वडाहरुलाई बालविवाहमुक्त वडा घोषणा गर्ने र्काक्रम अन्तर्गत वडा नम्बर ३ र ११ लाई छुट्टा छुट्टै कार्यक्रम गरेर वालविवाहमुक्त वडा घोषणा गरिएको बाँके युनेस्को क्लबले जनाएको छ । 

गुलरिया नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सर्वजित यादवको अध्यक्षतामा भएको कार्यक्रममा सो वडालाई बालविवाहमुक्त घोषणा गरिएको थियो । 

सो कार्यक्रममा प्रमुख अतिथि गुलरिया नगरपालिकाकी उपमेयर सावित्रा गौतम हुनुहुन्थ्यो भने गुलरिया नगरपालिकाबाट वरिष्ठ अधिकृत मुकुन्द अर्याल, महिला तथा बालबालिका शाखा प्रमुख शिला शाह, अन्य वडा अध्यक्ष, राजनीतिक अगुवा, धर्मगुरु, पत्रकार, सामाजिक संघसंस्थाका प्रतिनिधि, प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बाँके युनेस्को क्लबका कार्यवाहक कार्यकारी निर्देशक महेश नेपाली, बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक गोविन्दप्रसाद लामिछाने र सामाजिक परिचालन अधिकृत धिरजकुमार चौधरीको पनि सहभागिता रहेको थियो ।

यसैगरि बर्दियाको गुलरिया नगरपालिकाको वडा नम्बर ११ लाई पनि बालविवाहमुक्त वडा घोषित गरिएको छ । वडा नम्बर ११ का वडा अध्यक्ष विशु यादवको अध्यक्षतामा आयोजित भव्य समारोहमा उक्त घोषणा गरिएको थियो । सो कार्यक्रमका प्रमुख अतिथि गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादव हुनुहुन्थ्यो भने गुलरिया नगरपालिकाका उपमेयर सावित्रा गौतम, प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, वरिष्ठ अधिकृत मुकुन्द अर्याल, गुलरिया नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख शिला शाह लगायत वडा अध्यक्ष, राजनीतिक तथा धार्मिक अगुवा, पत्रकार, सामाजिक संघसंस्थाका प्रतिनिधि, प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा महिला शाखा प्रमुख शिला शाह र बाँके युनेस्को क्लबका कार्यवाहक कार्यकारी निर्देशक महेश नेपालीले बालविवाह मुक्त गराउन गरिएको कार्य र प्रयासहरु बारे जानकारी गराउनुभयो । 

बाँके युनेस्को क्लबका कार्यक्रम अधिकृत ईश्वर विकले कार्यक्रम संचालन गर्नु भएको थियो भने क्लबका सामाजिक परिचालन अधिकृत धिरज कुमार चौधरीको पनि सक्रिय सहभागिता रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार