मुख्य समाचार
बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न | बर्दियाको ठाकुरद्धारामा सडक नाटक तथा अभिनय क्षमता विकास तालिम सम्पन्न | निरजला–शुसिला स्मृति अक्षयकोषद्वारा छात्रा शिक्षामा निरन्तर सहयोग | विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा |
मुख्य समाचार
बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न | बर्दियाको ठाकुरद्धारामा सडक नाटक तथा अभिनय क्षमता विकास तालिम सम्पन्न | निरजला–शुसिला स्मृति अक्षयकोषद्वारा छात्रा शिक्षामा निरन्तर सहयोग | विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा |


प्रकृतिक विपद रोक्न नरैनापुरमा रेन परियोजना लागु

यूथ टुडे समाचारदाता 3411+ समाचार ( )
१२ असार २०८२, बिहीबार

बाँके । प्रकृतिक विपदको उच्च जोखिममा रहेको नरैनापुर गाउँपालिकामा रेन परियोजनाले काम गर्ने सुरु गरेको छ । 

रेन परियोजनाले नेपालगंजमा आयोजना गरेको कार्यशाला गोष्ठीमा बोल्नेहरुले प्रकृतिको सहायताबाट मानिसका समस्या समाधान गर्न प्रकृतिमा आधारित समाधान आवश्यक भएको सरोकारवालाले बताएका छन । 

उत्थानाशिल, अनुकुलन र समावेशी नेपाल परियोजना (रेन)ले आज बिहिबार नरैनापुरका लागि नेपालगञ्जमा आयोजना गरेको प्रकृतिमा आधारित समाधान बिषयक कार्यशाला गोष्ठिमा बोल्ने अधिकांश बक्ताले प्रकृति सँगै मानिस अगाडी बढ्नुपर्ने र प्रकृतिको संरक्षण संम्र्बद्धनमा ख्याल गर्नुपर्ने बताउनु भएको थियो ।

नरैनापुर गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाको सहभागितामा भएको को- डिजाइन कार्यशाला गोष्ठीमा पिपुल इन निडकि पूर्व सूचना प्रणालीका संयोजक समिता पौडेलले रेन परियोजनाको बारेमा जानकारी दिँदै भन्नुभयो, प्राकृतिक व्यवहार र जिवनशैली छाडेर देखावटी आधुनिक विकास अपनाउँदा अहिले विश्वमा बिभिन्न समस्याहरु देखिएको बताउनुभयो । अहिले सुख्खा बढेको, जलवायु परिवर्तनको असर बढदै गएकोले यसलाई रोक्न प्रकृतिमा आधारित समाधानका कामलाई अगाडी बढाउनुपर्ने जोड दिनु भयो । 

उहाँले बोटबिरुवा रोप्ने, तालतलैया बढाउने, माटो संरक्षण गर्ने, सिँचाइ प्रणालीमा सुधार गर्ने ,जलस्रोत संरक्षण गर्ने हो भने जलवायु न्यूनीकरण गर्न सकिने उल्लेख गर्नु भयो । 

नरैनापुर गाउँपालिकामा प्रकृतिमा आधारित समाधानका अभ्यासका बारेमा शव-इन्जिनियर धिरज भण्डारीले जानकारी गराउनुभएको थियो । जनावरको अतिक्रमण रोक्न बिशेष गरी घासे मैदान व्यवस्थान , कुवा, ताल तलैयाको व्यवस्थापन गर्न जरुरी रहेको बताउनुभयो ।

नरैनापुर गाउँपालिकाका उपाध्यक्ष जयन्ती देवी श्रीवास्तवले विकास र प्रकृति संरक्षण एकै सिक्काका दुइ पाटा भएकाले यसलाई सोही अनुसार प्रकृतिमैत्री भएर अगाडी बढ्नु पर्ने बताउनुभयो । हाम्रो कतिपय ठाउँमा विविधता छ, भौगोलिक हिसाबले पनि विविधता रहेको छ। हाम्रो बसाइमा नै विविधता छ। प्राकृतिक रुपमा आधारित भएर बिपद संग सामना गर्न खोज्यौ भने त्यो दिगो व्यवस्थापन हुने उपाध्यक्ष श्रीवास्तवले बताउनु भयो ।

गोष्ठीमा लिबर्टका टिम लिडर बुद्ध बिकले जलबायु परिवर्तन र अनुकुलनका बारेमा प्रस्तुति गर्दै भन्नुभयो, प्रकृतिमा आधारित समाधानहरुले जैविक विविधता संरक्षणको उचित कदर गर्नेदेखि पानीको बहाव घटाई बाढीको जोखिम कम गर्ने तथा आम्दानीमा वृद्धिसंगै मानव स्वास्थ्य र वातावरणमा लाभदायक प्रभाव पर्ने जिकिर गर्नु भयो ।

पिपुल इन निडले नरैनापुरमा सामुदायमा आधारित सुरक्षित आश्रय स्थलको पहिचान निर्माणका लागि पहल गर्ने लिबर्डका संयोजक संजिब श्रेष्ठले बताउनु भयो । 

नरैनापुर गाउँपालिकाका बिपत शाखा प्रमुख भरत महतोले गोष्ठीबाट प्रकृतिमा आधारित समाधानका उपायहरुका बारेमा जान्ने अवसर मिलेको बताउँदै आफुहरुले विगत देखि गर्दै आएको प्रयासहरुको पुर्नताजगी गर्ने अवसर मिलेको र थप के गर्न सकिन्छ भन्ने सिकाई भएको बताउनु भयो । साथै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले प्राथमिकिकरण भएका उपाहरुलाई सरकारको योजना तर्जुमा प्रक्रियामा समावेश गर्ने प्रतिवद्दता व्यक्त गर्दै उहाँले रेन प्रयोजन संग सहकार्य गरेर अगाडि बढ्ने जिकिर गर्नुभयो । 

प्रकृतिमा आधारित समाधानका लागि पालिका स्तरीय को डिजाइन कार्यशाला गोष्ठीले प्राथमिकिकरण गरिएको सुची पालिकाको वडा स्तरमा लागु गर्ने जनप्रतिनिधिहरुले प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष इसाक जोलाह, वडा नं ४ का अध्यक्ष मनोज शर्मा, वडा नं ५ का कृष्ण मौर्य, ६ का वडा अध्यक्ष प्रेम मौर्य, इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी निरिक्षक गणेशराज उप्रेती, सशस्त्र प्रहरी निरिक्षक सुरेन्द्र बहादुर भण्डारी लगायतको सहभागिता रहेको थियो । रेन प्रयोजनले सिएसआरसी, प्रेरणा, युथ इनोभेसन ल्याबको सहकार्यमा नरैनापुरमा सुरु हुने लागेको परियोजनामा डिसिएले सहनेतृत्वको भुमिका खेल्ने पिपुल इन निडका संयोजक पौडेलले बताउनु भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार