मुख्य समाचार
तीन सयभन्दा बढी विद्यार्थी तथा अभिभावकको निःशुल्क कान परीक्षण | पत्रकारमाथि सांघातिक आक्रमणको २४ घण्टा बित्दा पनि अपराधी पक्राउ परेनन्, प्रहरीको अनुसन्धानमाथि प्रश्नैप्रश्न | पत्रकार आशिष मल्लमाथि रड प्रहार : आक्रमणकारीको तत्काल पहिचान गरी कारबाही गर्न पत्रकारहरूको माग | ४७ युवालाई उद्यमशीलता विकास तालिम, स्वरोजगार र आत्मनिर्भरतातर्फ प्रेरित | भोटेकोशी बाढी: पीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने | हरेक वर्ष १ करोड २० लाख बालिकाको बालविवाह | सुकुमवासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन कांग्रेसको माग | रोल्पाको सुनिल स्मृति गाउँपालिकाद्वारा नरैनापुरको विकास अभ्यासको अध्ययन | आँखा शिविरबाट २१८ जना मोतियाबिन्दुका बिरामीको शल्यक्रिया | पुराना कानुन खारेज गरी अर्थतन्त्रलाई सहज बनाउनुपर्छ : अर्थमन्त्री |

जनयुद्ध दिवसको बिदा बदर गर्नु इतिहास माथिको अन्याय

यूथ टुडे समाचारदाता 3695+ समाचार ( )
२४ माघ २०८०, बुधवार

नेपालगन्ज । सर्वोच्च अदालतले जनयुद्ध दिवसमा बिदा दिने सरकारको निर्णय विपरीत उक्त बिदा बदर गरेको प्रति माओवादी नेताहरूले असन्तुष्ट जनाएका छन् । 

सर्वोच्च अदालतको सो निर्णयलाई इतिहास माथिको अन्याय बताउँदै अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्रका उपमहासचिव एवम् नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिका सचिवालय सदस्य बुद्धबहादुर बस्नेतले सामाजिक संजाल फेसबुकमार्फत असन्तुष्ट जनाएका छन् । 

नेता बस्नेतले जनयुद्ध दिवस नेपालको इतिहासमा गौरवपूर्ण दिन भएको हुँदा यसको रक्षा गर्नु व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका सबैको कर्तव्य भएको धारणा व्यक्त गरेका छन् । 

उनले आफ्नो सामाजिक संजाल फेसबुकमार्फत भनेका छन्, "पछिल्लो समय अदालतले अलि छुद्र शैली अवलम्बन गरेको देखिन्छ । लोकतान्त्रिक व्यवस्थाभित्र हरेक कुरामा अदालत हावी हुनु राम्रो संकेत पक्कै पनि होइन । नेपालमा निरङ्कुश शासनको अन्त्य गरि गणतन्त्र स्थापना गर्ने श्रेय जनयुद्धलाई जान्छ । त्यो लुकाउनु इतिहास माथिको अन्याय हो । इतिहासका विरुद्ध धावा बोल्नु अदालतको क्षेत्राधिकार होइन । जननिर्वाचित सरकारको साख बलियो भएमात्र स्वाधिनताको रक्षा हुनेछ । जनयुद्ध दिवस नेपालको इतिहासमा गौरवपूर्ण दिन भएको हुँदा यसको रक्षा गर्नु व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका सबैको कर्तव्य हो ।”

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार