मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

पिताले बिस्फोटमा खुट्टा गुमाए, छोरा हात–खुट्टा बिना नै जन्मिए

महमूद आलम खान 1133+ समाचार ( )
हौसला बढाउने एउटा यस्तो तस्बिर
९ कार्तिक २०७८, मङ्गलबार

एजेन्सी । टर्कीका फोटोग्राफर मेहमत असलनले एउटा यस्तो तस्बिर खिचेका छन् जसले धेरैलाई भावुक बनाउन सक्छ । यो तस्विरले भावुक मात्रै बनाउँदैन यसले जीवनमा हारिसकेका मानिसहरुको हौसला बढाउने कामसमेत गर्छ । यो तस्बिर मार्फत् एक बाबु–छोराको प्रेम देखाइएको छ जो असंख्य समस्या र पीडाबीच पनि हाँसिरहेका छन् । यो तस्विरलाई वर्षको सर्वश्रेष्ठ फोटोको रुपमा चुनिएको छ ।

मेहमन असलनको यो तस्बिर सिरिया–टर्की सीमामा हेटे प्रान्तको रेहनालीमा बसिरहेका एक सिरियाली शरणार्थी बाउ–छोराको खुसी देखाइएको छ । तस्बिरमा बाउ, छोरा दुबै अपाङ्ग देखिएका छन् तरपनि उनीहरु मुस्कुराइरहेका छन् । त्यसैले यो तस्बिरलाई सिएना इन्टरनेशनल अवार्डस् २०२१ मा ‘फोटो अफ द इयर’ चुनिएको छ ।

यो तस्बिरमा देखिएका पिताले सिरियाको एउटा बजारमा भएको बम बिस्फोटमा आफ्नो खुट्टा गुमाएका थिए जबकी गर्भवती श्रीमती गृहयुद्धकै बेला एउटा विषालु ग्यासको सम्पर्कमा आएकी थिइन् जसका कारण छोरा हात–खुट्टा बिना नै जन्मिए । पिताको एउटा खुट्टा छैन भने छोराको हात–खुट्टा दुबै छैनन् । मेहनल असलनले यी बाउ–छोराको यो खुसीलाई आफ्नो क्यामरामा कैद गर्न सफल भएका छन् ।

सिरिया एक दशकभन्दा बढी समयदेखि गृहयुद्धसँग जुधिरहेको छ । आज यतिबेला संसारको सबैभन्दा ठूलो शरणार्थी संकट सिरियामा छ । सिरियामा ११ वर्षदेखि जारी हिंसक लडाईंले थुप्रै शहर बर्बाद भएका छन् । मानिसहरु आफ्नो घर छोडेर भाग्न बाध्य छन् । यी ११ वर्षमा ६६ लाख सिरियाली जनता शरणार्थीको जीवन बाँचिरहेका छन् । सिरियाबाट २६ लाख मानिस टर्कीमा, ८ लाख लेबनानमा, ६ लाख जोर्डनमा, साढे दुई लाख इराकमा, १ लाख ३० हजार इजिप्टमा शरण लिइरहेका छन् । सिरिया युद्ध सुरु भएपछि लाखौँले यूरोपमा शरण मागेका थिए । थुप्रै देशले हज्जारौंलाई शरण पनि दिए । तर एक दशकपछि पनि यी मानिसहरु शरणार्थी शिविरमा बस्न बाध्य छन् । साभारः रातो पाटी

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार