मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

योग समिति नेपालको ५औँ वार्षिकोत्सव सम्पन्न

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
मानिसको जीवनमा गाँस, बास र कपास आवश्यक भएजस्तै योग अभ्यास रहेको नेपालगञ्जका मेयर प्रशान्त बिष्टले बताउनुभएको छ ।
१० जेठ २०८०, बुधवार

नेपालगञ्ज । मानिसको जीवनमा गाँस, बास र कपास आवश्यक भएजस्तै योग अभ्यास रहेको नेपालगञ्जका मेयर प्रशान्त बिष्टले बताउनुभएको छ ।

जसरी गाँस, बास र कपासले मानिसको जीवनमा मुख्य योगदान मानिन्छ त्यसरी नै योगाभ्यासको पनि योगदान रहेको मेयर बिष्टले बताउनुभयो ।

योग समिति नेपालले पाँचौ स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मानव जीवनलाई स्वस्थ, सन्तुलित, तन्दुरुस्त र सुन्दर बनाउन योग अपरिहार्य रहेको बताउनुभएको हो ।

नियमित योगले मात्र मानव जीवन स्वस्थ रहन सक्ने भन्दै मेयर बिष्टले आफ्नो दैनिक जीवनको केही समय योगका लागि छुट्ट्याएर स्वस्थ जीवनशैलीका लागि प्रतिबद्ध रहन आग्रह गर्नुभयो । उहाँले योगको राष्ट्रिय सम्मेलन नेपालगञ्जमा गर्न आग्रह गर्नु भएको थियो । योग समिति नेपालका अध्यक्ष एवं योग गुरु गिरिराज भट्टराईले नियमित योग विनाको जीवनशैली अब कल्पना पनि गर्न नसकिने बताउनुभयो । भट्टराईले नेपालगञ्जका विभिन्न स्थानमा नियमित योग गराउँदै आउनुभएको छ ।

योग समिति नेपालले नेपालगञ्जका बिभिन्न क्षेत्रसंगै जिल्लाका तमाम स्थानहरुमा योग संस्कृतिको विकास गरेको छ । योग गर्ने मानिसहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।

२०७६ साल जेष्ठ १० गते स्थापना भएको योग समिति नेपालले बाँके जिल्लाका साथै बर्दिया, कपिलबस्तु र नवलपरासीमा पनि योग अभ्यास बिस्तार गरेको छ ।

समितिले स्थापना दिवसको अवसरमा बिभिन्न व्यक्तिहरुलाई सम्मान प्रदान गरेको छ । कार्यसमितिमा रहेर उल्लेखनीय भूमिका निर्वाह गर्नुहुने योग गुरु निर्मला शाह, कार्यमूल्याँकनको आधारमा योग गुरु प्रेम केसी, प्रमोद अग्रवाल, भरत महतो, पुष्पा खनाल सम्मानित हुनुभएको छ ।

यसैगरी योग प्रेरकमार्फत प्रेम केसी र उत्कृष्ट योग अभ्यासीमार्फत सबिता शर्मालाई सम्मान प्रदान गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार