मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

प्रेस सेन्टर नेपालको स्थापना दिवस पर्सामा सुरु

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१४ माघ २०८०, आइतबार

पर्सा । प्रेस सेन्टर नेपालको २० औं स्थापना दिवसको तयारीका लागि केन्द्रीय समितिको बैठक मधेस प्रदेशको वीरगञ्जमा आइतबारबाट सुरु भएको छ । 

प्रेस सेन्टर नेपालको पर्साको वीरगञ्जमा जारी राष्ट्रिय परिषद् बैठक वीरगञ्जको नगरसभा गृहमा केन्द्रीय समितिको बैठक सुरु भएको हो । 

आज १४ गते बिहान ९ बजे बसेको केन्द्रीय पदाधिकारीहरुको बैठकले केन्द्रीय समितिको बैठकमा राख्ने एजेण्डा तय गरी सकेको प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेश ईन्चार्ज गोबिन्द देवकोटाले जानकारी दिनु भयो ।

आज माघ १४ गते आइतबार दिउँसो २ बजे राष्ट्रिय परिषद बैठक बस्ने कार्यक्रम रहेको कार्यक्रमको संयोजन गरी रहेको प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति पर्साका अध्यक्ष दिपक गौतमले जानकारी दिनुभयो । 

कार्यक्रममा देशभरिबाट ५ सय जना प्रेस सेन्टरका प्रतिनिधिहरुको सहभागिता रहने र कार्यक्रमको अन्तिम दिन माघ १५ गते सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले कार्यक्रममा सम्बोधन गर्नु हुने कार्यक्रम छ । 

प्रेस सेन्टर नेपालको २० औ स्थापना दिवसका अवसरमा माघ १५ गते बिहान ८ बजेदेखि १ बजेसम्म प्रभातफेरीसहित वीरगञ्जको नगरसभा गृहमा स्थापना दिवस तथा पुरस्कार वितरण कार्यक्रम राखिको प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति पर्साका अध्यक्ष गौतमले जानकारी दिनुभयो । 

प्रेस सेन्टर नेपालका केन्द्रीय पदाधिकारी, विभिन्न समिति र उप समिति सदस्यहरु, केन्द्रीय सदस्यहरु, जिल्ला, एशोसियटलगायतका कमिटीका अध्यक्ष तथा प्रदेश पदाधिकारीहरुको कार्यक्रममा सहभागिता रहने र १५ गतेको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सहित सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा र ऊर्जा मन्त्री शक्ति बस्नेत लगायतको सहभागी हुने कार्यक्रम तय भएको छ । माघ १३ गतेदेखि जारी प्रेस सेन्टर नेपालको राष्ट्रिय परिषद् बैठक एवम २० औं स्थापना दिवसको कार्यक्रम १५ गते सम्पन्न हुने जनाइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार