मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |
मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |


नेपालगंजमा अत्याधुनिक प्रादेशिक ब्लड बैंक सुभारम्भ

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१३ श्रावण २०८२, सोमबार

बाँके । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा ६० औँ रक्तसंचार सेवा दिवसको अवसर पारेर अत्याधुनिक सुविधा सम्पन्न ब्लड बैंकको सुभारम्भ गरिएको छ ।

आज सोमबार एक भव्य समारोहका बीच नेपाल रेडक्रस सोसाईटीका केन्द्रिय महामन्त्री मिन बहादुर मल्लले प्रादेशिक ब्लड बैंकको उद्घाटन गर्नुभएको हो । नेपाल सरकारको भौतिक पूर्वधार तथा यातायात मन्त्रालयको २ करोड ९५ लाखको लागतमा निर्माण गरेको उक्त प्रादेशिक ब्लड बैंकको तत्कालीन मन्त्री मोहम्मद इस्तियाक राईले २०७९ भाद्र ३० गते शिलान्यास गरे पछि उक्त भवनको निमार्ण सुरु गरिएको थियो ।

तिन वर्ष पश्चात निर्माण सम्पन्न भए पछि सडक डिभिजन कार्यालय बाँकेले नेपाल रेडक्रस सोसाइटी बाँकेलाई भवन हस्तान्त्रण गरेको भएको थियो ।

कार्यक्रममा बोल्दै महामन्त्री मल्लले स्वास्थ्य सेवाको पहुँच र गुणस्तर अझै परिपूर्ण हुन बाँकी रहेको बताउनु भयो । उहाँले प्रादेशिक ब्लड बैंक स्थापनाबाट लुम्बिनी प्रदेश तथा पश्चिम नेपालका बासिन्दालाई समयमा रगत उपलब्ध भई जीवनरक्षामा ठुलो भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । विशेषगरी गर्भवती महिलाहरूले रगत अभावका कारण भोग्नुपर्ने समस्याबाट मुक्ति मिल्नेमा पनि मल्लले आशा व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै भेरी अस्पताल विकास समितिका अध्यक्ष बिरेन्द्र बहादुर शाहले भेरी अस्पताल परिसरमा प्रादेशिक ब्लड बैंकको सुविधि सम्पन्न भवन स्थापना हुनु बाँके जिल्लाबासीका लागि गौरवको विषय रहेको बताउनुभयो । संघ, प्रदेश र स्थानीय तह मिलेर मात्र देशको समृद्धि सम्भव हुने उल्लेख गर्दै उहाँले बिरामीलाई शुलभ सेवा कसरी प्रदान गर्ने भन्ने कुरामा ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

नेपाल रेडक्रस सोसाईटी बाँकेका मन्त्री अजिज अहमद सिद्धिकिले पूर्व मन्त्री मोहम्मद इस्तियाक राईले ब्लड बैंकको भवन निर्माणका लागि बजेट बिनियोजन गरी पश्चिम नेपालका नागरिकलाई नयाँ जीवन दिएको स्मरण गर्दै ब्लड बैंकको सुधारका लागि निरन्तर सहयोग गर्दै आउनु भएका पूर्व मन्त्री राई, रक्तदाता, रेडक्रसकर्मी, ब्लड बैंकका प्राविधिक र भेरी अस्पतालका चिकित्सकहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा रेडक्रस बाँकेका सभापति गोवर्धन सिंह सम्झनाले ब्लड बैंकको निजि भवनको स्थापनाको सपना २०३३ सालदेखि देख्दै आएका बाँके जिल्लाबासीका लागि आजको दिन ऐतिहासिक बनेको बताउनुभयो ।

उहाँले भन्नुभयो, बाँकेमा २०३३ श्रावण १२ गते रक्त संचार सेवा प्रारम्भ भएको थियो भने ओमकार मलखेतानबाट शाखाको निमार्ण गरिएको थियो । सभापित सम्झनाले भन्नुभयो, रक्त संचार सेवा प्रारम्भ भए देखि हाल सम्म तिन लाख प्लस रक्त संकलन गरेको छ भने करिब चार लाख पिन्ट रगत वितरण गरेको जानकारी दिनु भयो ।

रेडक्रसले विपद्को क्रममा खोज तथा उद्धार, राहत र पुनर्लाभसँगै बिभिन्न प्रकृतिका सेवा देशभर प्रवाह गरिहेको बताउदै रक्त संचार सेवा समितिका सदस्य आलम खानले भन्नुभयो,‘रेडक्रसले विपद्को क्रममा खोज तथा उद्धार, राहत र पुनर्लाभ वितरणसँगै बिभिन्न प्रकृतिका सेवा देशभर प्रवाह गर्दै आएको छ ।’, रेडक्रस आफ्नो दायित्व र जिम्मेवारीबाट कहिल्यै विचलित खानको भनाई थियो ।

नेपाल रेडक्रसका विभिन्न मानवीय कार्यक्रममध्ये रक्तसञ्चार सेवा उच्च प्राथमिकतामा रहेको ब्लड बैंकका बरिष्ट प्राविधिक उपेन्द्र रेग्मीले बताउनु भयो । प्रादेशिक रक्तसञ्चार केन्द्रमा दैनिक १०० युनिटभन्दा बढीको रगत माग हुने गरेको र सोही अनुपातमा आपूर्तिसमेत हुने गरेको रेग्मीले जानकारी दिनु भयो ।

रक्त संचार सेवा समितिका सभापति राज कुमार बर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस बाँकेका उपसभापति शान्ति श्रेष्ठ, सुरेन्द्रनाथ सापकोटा, कोषाध्यक्ष राकेश श्रीवस्ताव, रेडक्रसका उपनिर्देशक दोलख बहादुर डाँगी र दैलेखी सेवा समाज बाँकेका अध्यक्ष पूर्ण देव गिरी,सरकारी तथा गैरसरकारी क्षेत्रका विभिन्न प्रतिनिधि, स्वास्थ्यकर्मी, पत्रकार, सामाजिक अभियन्ता तथा स्थानिय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । भने कार्यक्रमको संचालन झवि शर्माले गर्नु भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार