मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

नवरात्रको सातौँ दिन, आज फूलपाती

महमूद आलम खान 1133+ समाचार ( )
अघिल्लो वर्ष कोरोना महामारीका कारण सांकेतिक रुपमा मात्र मनाइएको फूलपाती यस वर्ष परम्परागत रुपमै मनाउन लागिएको बताइएको छ
२५ अशोज २०७८, सोमबार

काठमाडौं । नवरात्रको सातौँ दिन मंगलबार नेपाली सेनाले परम्परागत रुपमा टुँडिखेलमा फूलपातीको बढाइँ गर्दैछ । अघिल्लो वर्ष कोरोना महामारीका कारण सांकेतिक रुपमा मात्र मनाइएको फूलपाती यस वर्ष परम्परागत रुपमै मनाउन लागिएको बताइएको छ ।

यद्यपि कोरोना महामारीको जोखिम कायमै रहेकाले समारोह छोटो र छरितो गरिने बताइएको छ ।

फूलपाती गोरखा दरबारदेखि काठमाडौंको हनुमानढोका दरबारमा ल्याएर भित्र्याउने चलन छ । त्यस्तै दसैंमा टीका लगाउने सर्वसाधारणले फूलपातीका दिन घरमा शुभ साइत पारेर जमरा राख्ने चलन रहेको छ ।

नवरात्रका दिन नवदुर्गामध्येकी कालरात्रि देवीको पूजा आराधना गरिन्छ । हिन्दू परम्पराअनुसार नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्पराअनुरूप नवरात्रको सातौं दिन नवदुर्गाको सातौं रूप कालरात्रिकोे पूजा–आराधना गरिन्छ ।

धर्मशास्त्रअनुसार कालो वर्णकी र केश फिँजाएकी यिनले गलामा विद्युत् जस्तै चम्किने माला लगाएकी छन् । तीन आँखा भएकी कालरात्रिले बारम्बार निश्वास लिने गर्छन् । त्यसबाट अग्निको ज्वाला उत्पन्न हुन्छ । चार भुजा भएकी यिनले तरवार र खड्ग धारण गरेकी छन् । स्वरूप डरलाग्दो भए पनि कालरात्रिले भक्तहरूलाई सदैव कल्याण गर्छिन् भन्ने विश्वास गरिन्छ ।

महासप्तमीका दिन विद्याकी अधिष्ठात्री महासरस्वतीको विशेष पूजा गरिन्छ। यस्तै भद्रकालीको आराधना पनि गरिन्छ । विभिन्न शक्तिपीठहरूमा पशुबलिसहितको पूजा समेत गर्ने चलन रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार