मुख्य समाचार
स्वास्थ्य चौकीमा लापरवाही : वडा अध्यक्ष टिकानाथ यादवको कडा निगरानी | राष्ट्रको ढुकुटीमा आँखा गाडेकाहरू डराए: गृहमन्त्री गुरुङ | इस्लामाबादमा दोस्रो चरणको वार्ता: इरानी प्रतिनिधि मण्डल र अमेरिकी उपराष्ट्रपति आउँदै | बेल्टार बजार आगलागी : दुई जनाको जलेर मृत्यु | भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द | तराई क्षेत्रमा तातो लहरको सम्भावना | गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग | कर्मचारीलाई १५/१५ दिनमा तलब दिने सरकारको निर्णय | दिपक भट्टको कम्पनीमा गृहमन्त्री सुधन गुरुङ्गदेखि पत्रकार लम्साल र यतीका साहुजीसम्म | अब विद्यार्थीले घरबाटै एनओसी लिन सकिने |

मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षक बस्नेतको मृत्यु

यूथ टुडे समाचारदाता 3317+ समाचार ( )
२६ चैत्र २०८१, बुधवार

बाँके । बाँकेमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपालगन्ज–गुलरिया सडकखण्ड अन्तर्गत जानकी गाउँपालिका–३ स्थित मानपुर नजिक आज दिउँसो रोकेर राखेको ट्याक्टरको ट्रली पछाडि मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षक (असई) टोप बहादुर बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ । 

लु। ७८ प. ३८५० नम्बरको मोटरसाइकल अनियन्त्रित भई ट्रलीमा ठोक्किँदा कोहलपुर नगरपालिका–२ का ४५ वर्षीय बस्नेत गम्भीर घाइते हुनुभएको थियो । बस्नेतलाई उपचारका लागि सञ्जीवनी मेडिकल कलेज अफ साइन्सेस नेपालगन्ज पुर्‍याइएको थियो । तर, अस्पताल पुर्‍याइए लगत्तै चिकित्सकले उहाँलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । 

बस्नेत कार्यालयको कामको सिलसिलामा बाँके आएर बर्दियातर्फ फर्किँदै गर्दा दुर्घटनामा पर्नुभएको हो । इलाका प्रहरी कार्यालय राजापुरमा दरबन्दी रहेका बस्नेत जिल्ला प्रहरी कार्यालय बर्दियामा कार्यरत रहेको बताइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार