काठमाडौँ । जनमत पार्टीको राष्ट्रिय उपाध्यक्ष एवम् उधोग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले एमाले उपाध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन् ।
दुःखको यस घडीमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै सभापति खानले शोकाकुल परिवार,गणतन्त्र पक्षधर तथा उनको पार्टी एमालेप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।
सभापति खानले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको फेसबुकमा लेखेका छन् उनले दुःखको यस घडिमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै नेम्वाङ परिवार,गणतन्त्र पक्षधर तथा उहाँको पार्टीप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।
नेम्वाङको गएराति हृदयघातका कारण त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा निधन भएको थियो ।