मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

नेपालगन्जमा ‘आमा डिटर्जेन्ट सुपर पाउडर’ उद्योग सञ्चालनमा, वैदेशिक रोजगारीबाट फर्किएका युवाको पहल

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१७ वैशाख २०८२, बुधवार

बाँके । नेपालगन्ज उप–महानगरपालिका–१, विशाल चोकमा ‘आमा डिटर्जेन्ट सुपर पाउडर’ नामक घरेलु उद्योग सञ्चालनमा आएको छ। नेपालगन्ज उप–महानगरपालिका–१ का वडा अध्यक्ष प्रमोद रिजालले रिबन काटेर उद्योगको औपचारिक उद्घाटन गर्नुभएको हो।

उद्घाटन समारोहमा बोल्दै वडा अध्यक्ष रिजालले यस्तो स्वरोजगारमूलक उद्योग युवाहरूको लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गर्दै, स्थानीय सरकारबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो।

उक्त उद्योग साउदी अरबमा दुई वर्ष वैदेशिक रोजगारीमा बसेका गनेश बिकले स्थापना गरेका हुन्। उनले परिवारको प्रेरणाले स्वदेशमै केही गर्नुपर्छ भन्ने आत्मविश्वासले उद्योग खोल्ने निर्णय लिएको बताए। “दाजु सशस्त्र प्रहरी बलमा हुनुहुन्छ, भाउजु पनि रोजगारीमै हुनुहुन्छ, घरमा सबैले केही न केही गरिराख्नु भएकोले म पनि केही आफ्नै देशमै गर्नुपर्छ भन्ने लाग्यो,” उनले भने।

‘आमा डिटर्जेन्ट सुपर पाउडर’ के हो?

उद्योगले उत्पादन गर्ने ‘आमा डिटर्जेन्ट सुपर पाउडर’ कपडा धुने घरेलु सरफ हो, जुन विशेषगरी नेपाली घरायसी आवश्यकता र कपडाको प्रकृतिलाई ध्यानमा राखेर उत्पादन गरिएको छ।

यस सरफको विशेषता यस्ता छन्:

छिटो झोलिने गुण: कम पानीमै राम्ररी झोलिने र छिटो कुलिने

कपडामा कुनै असर नपर्ने: रंगीन कपडा वा संवेदनशील कपडामा असर नगर्ने

सुगन्धित: धुनु पछि कपडामा हल्का सुगन्ध बाँकी रहने

छाला मैत्री: हातमा नरम, एलर्जी नबढाउने र कुनै जलन नहुने गरी बनाइएको

स्थानीय उत्पादन: नेपालमै उत्पादन भएकाले सस्तो, भरपर्दो र स्थानीय रोजगारीमा योगदान दिने

गनेश बिकका अनुसार, उनी वैदेशिक रोजगारीमा डिटर्जेन्ट उत्पादन सम्बन्धी कम्पनीमा कार्यरत थिए र सोही अनुभवलाई आधार मानेर उद्योग स्थापना गरेका हुन्। उनी भन्छन्, “विदेशमा सिकेको सीप यहीँ प्रयोग गर्न सकियो भने अरू युवाहरूलाई पनि स्वदेशमै अवसर मिल्छ। रोजगारीको सिर्जना गर्नु नै मेरो मुख्य लक्ष्य हो।”

उद्योगमा हाल १० जनासम्म प्रत्यक्ष रोजगारी सिर्जना भइसकेको छ भने आगामी दिनमा उत्पादन बढ्दै जाँदा थप रोजगारी सिर्जना गरिने योजना रहेको छ।

उनका दाजु प्रकाश बिकले उद्योग स्थापना गरेर गनेशले केवल आफूलाई मात्र होइन, समाजलाई समेत उदाहरण दिन सफल भएको बताए। “गाउँठाउँमा अझै पनि युवा वैदेशिक रोजगारीकै पछाडि लागिरहेका छन्। यस्ता उद्योगले उनीहरूलाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने सन्देश दिन्छ,” उनले भने।

गुणस्तरीय र सस्तो दरमा उपलब्ध हुने ‘आमा डिटर्जेन्ट सुपर पाउडर’ नेपालगन्ज र आसपासका बजारमा उपलब्ध गराउने तयारी भइरहेको छ। उद्योगले उपभोक्ताको सुझावलाई पनि प्राथमिकता दिने जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार