मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

स्थानीय तहको निर्वाचन जेठ ४ गते गर्ने

महमूद आलम खान 1132+ समाचार ( )
प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच स्थानीय तहको निर्वाचन २०७९ जेठ चार गते एकै चरणमा गर्ने विषयमा छलफल
१८ माघ २०७८, मङ्गलबार

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन २०७९ साल जेठ चार गते गर्ने भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच स्थानीय तहको निर्वाचन २०७९ जेठ चार गते एकै चरणमा गर्ने विषयमा छलफल भएको छ ।

छलफलमा प्रधानमन्त्री देउवाले जेठ चार गते निर्वाचन गर्ने प्रस्ताव गरेका थिए भने आयोगले पनि सोही मितिमा निर्वाचन गर्न सकिने भन्दै सहमति जनाएको छ ।

छलफलपछि प्रधानमन्त्री देउवाले सरकारले छिट्टै मिति घोषणा गर्ने भन्दै निर्वाचनको तयारी अघि बढाउन आयोगलाई आग्रह गरेका छन् । प्रधानमन्त्रीले निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको सबै तयारी गृह मन्त्रालयले गर्ने भन्दै आयोगका तर्फबाट तयारी गर्न आग्रह गरेका हुन् ।

अबको मन्त्रिपरिषद् बैठकबाट निर्वाचनको मिति घोषणा हुने छ । मन्त्रिपरिषद्को नियमित बैठक हरेक बिहीबार बस्ने भएपनि निर्वाचनको मिति घोषण गर्न ढिलो हुँदा प्रस्तावित समयमा निर्वाचन सम्पन्न गर्न समय अपुग हुने भएकाले आज वा भोलि नै मन्त्रिपरिषद् बसी मिति घोषण गर्ने सरकारको तयारी रहेको छ ।

गत शनिबार बसेको गठबन्धनको बैठकले कानुनमा आवश्यक संशोधन गरेर भए पनि जेठमा स्थानीय तहको निर्वाचन गर्ने सहमति जुटाएपछि प्रधानमन्त्री देउवाले त्यसबारे छलफल अघि बढाएका थिए । स्थानीय तहका जनप्रतिनिधिको पदावधि आगामी जेठ ५ गते सकिँदैछ । त्यसअगावै स्थानीय तहको निर्वाचन गरिसक्नु पर्ने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार